३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

हेर्नुहोस्, नेपालमै यस्तो मन्दिर जसलाई गाईको दुध चढाई दिए तपाईले चाहेको पुग्छ

हेर्नुहोस्, नेपालमै यस्तो मन्दिर जसलाई गाईको दुध चढाई दिए तपाईले चाहेको पुग्छ
अ+ अ-

काठमाडौं । विराटनगरबाट ४१ किलोमिटरको दूरीमा रहेको धरानस्थित पिण्डेश्वर धाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको छ ।

पिण्डेश्वर धाममा पूजापाठ गर्न र घुम्न आउनेको घुइँचो लाग्ने गरेको छ । पिण्डेश्वर महादेवको मन्दिर धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित छ । यहाँको प्राकृतिक वातावरणले पर्यटकलाई आनन्दित तुल्याउने गरेको छ । पिण्डेश्वरमा अरु बेलाभन्दा साउनमा अत्यधिक भीड लाग्ने गरेको छ । भक्तजनले यहाँ पूजापाठसँगै जल चढाउने गरेका छन् । उक्त मन्दिर गुठी संस्थानअन्तर्गत सञ्चालित रहेको मन्दिरका पुजारी विनोद पोखरेलले बताउनुभयो ।

पिण्डेश्वर मन्दिरको महिमा नेपालका अन्य शिव मन्दिरहरुको तुलना फरक र महत्वपूर्ण छ । हरेक मन्दिरको आफ्नै विशेषता र महत्व हुने गर्दछ । मध्यकालिन कला कैशलको नमुना देख्न सकिने धरानको विजयपुरमा अवस्थित पिण्डेश्वर बाबा धामको पनि आफ्नै किसिमको विशेषता र महत्व छ । यहाँ प्रत्येक वर्ष करिव ७ देखि ८ लाखको हाराहारीमा भक्तजनहरु श्रद्धा पूर्वक भक्ती भावले पुजा आरधना गर्न आउछन् । जस मध्य करिव ५ लाखको हारहारीमा श्रावण महिनामा शिवलाई जल चढाउन आउने गर्दछन् ।

स्कन्दपुराणको हिमवत्खण्ड अन्तरगत रुद्राक्षण माहात्म्यले पिण्डेश्वर बाबा धामको उत्पतिको बारेमा वर्णन गरेको छ । पिण्डेश्वर परिसरलाई रुद्राक्षका वनको रुपमा उल्लेख गरेको छ । त्यस्तै समुन्द्र मंथन गर्ने क्रममा विभिन्न बस्तुहरु निस्किए, साथै अमृत पनि ति बस्तुहरुलाई छानेर अमृत निकाली सकेपछि बाँकी रहेका बिकार यूक्त बस्तु अथवा छोक्राको पिण्ड बनाई यस स्थानमा देवताहरुले पुजा गर्ने गरेको बताइएको छ । संसारको जुनकुनै कुनामा यदि रुद्राक्षको माला फल प्राप्ती गर्ने उदेश्यले लगाइन्छ भने उक्त रुद्राक्षकोमाला पिण्डेश्वर बाबा धाममा ल्याई विधिवतरुपमा मन्त्र उच्चारण गरिनु पर्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

यहाँ तिर्थालुहरु, सु स्वास्थ, दिर्घायू, सन्तान प्राप्ती, कर्मफल प्राप्तीलगायत रोजगार,व्यापारमा सफलताको मनोकामना पुरा हुने विश्वासका साथ पश्चिम नेपालदेखि भारतका विभिन्न ठाउँहबाट आउने गर्दछन् । बिगतमा यस भेगमा बारम्बर र चितम्बर नाम गरेका दुई चमत्कारी बाबाहरु बस्नेगरेको यहाँका जानकारहरु बताउछन् । उनीहरु शिव भक्त, गुरु शिश्य भएको तथा पिण्डेश्वर परिसरमा बस्ने र यहि पुजा गर्ने गरेका कारण उनीहरुको मृत्यु पश्यात, मन्दिर परिसर भित्रनै अन्तश्ठी गरी शिव लिङ्ग स्थापना गरि उनीहरुको समाधि निमार्ण गरेको छ ।

यस मन्दिरमा मध्यकाली कला कैशलका नमुनाहरु रहेका कारण पिण्डेश्वर बाबा धामको ख्याती मध्यकालमा पनि रहेको जोकोहिले पनि सहजै बुझ्न सक्छ । मन्दिरको दक्षिणी भेगमा पिण्डेश्वर भगवानको मन्दिर रहेको छ । त्यस्तै गणेश अस्टभुजा लगायतका मन्दिरहरु रहेको छ । त्यस्तै मुल मन्दिरको बाहिर हनुमान, सरस्वती तथा सन्तोसीमाताको पनि मन्दिर रहेको छ ।

यस पिण्डेश्वर क्षेत्र भित्र सरस्वती कुण्ड, र संस्कृत अध्यापन हुने पिण्डेश्वर क्याम्पस रहेका छन् । ऐतिहासिक, धार्मिक र संस्कृतीक दृष्टिले पिण्डेश्वर पूर्वको एक महत्वपूर्ण स्थलको मानिन्छ । पिण्डेश्वरमा कात्तिक मेलामा वराहक्षेत्र आउने साधुसन्तका लागि हन्डीको व्ययावस्था गरिएको हुदा यसको सम्बन्ध वराहक्षेत्रसंग पनि रहेको मानिन्छ, तथापि प्रत्येक १२ वर्षमा चतरामा लाग्ने महा कुम्भ मेलाको घडाको स्थापना यसै मन्दिरमा थापिएकोले र पिण्डेश्वर मन्दिरमा रहेको अखण्ड ज्योती निभेसको आगो निभ्दा रामधुनीबाट आगो ल्याएर वाल्नुपर्ने र रामधुनीको आगो मर्दा याहाँबाट लगेर सल्काउनु पर्ने प्रचलन रहेकोले पिण्डेश्वर बाबा धामको सम्बन्ध यी मन्दिरहरुसंग पनि रहेको छ ।

यस धाममा बाला चर्तुदशी, शिवरात्री र तिजमा मेला लाग्ने गर्दछ । पिण्डेश्वर बाबा धाम समितिका अध्यक्ष विकास बनेपाली भन्छन् कोशी र कोकोह को तटको यो हरि हर क्षेत्र पुर्वको एक महत्व पुर्ण क्षेत्र हो यसको सम्रक्षण र प्रर्वधन गर्नु सम्पुर्णको दायित्व हो करिव २ घण्टाको दुरिमा रहेका यि धार्मिक स्थलको उचित संरक्षण गर्नु हरेकको दायित्व हो । हाम्रो संस्कृती नै हाम्रो पहिचान भएकाले यसको संरक्षण गर्नाले आफ्नो पहिचानको संरक्षण हुनेछ ।

“सन्तान प्राप्ति होस् भनेर आउनेको सङ्ख्या धेरै छ”, उहाँले भन्नुभयो । पछिल्लो समय पिण्डेश्वरमा बाह्य पर्यटकसमेत घुम्न आउन थालेका छन् । यहाँ पूजाआजा गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । गत सोमबारसम्म झण्डै ८० हजार भक्तजनले पिण्डेश्वरको दर्शन गरेको पुजारी पोखरेलले जानकारी दिनुभयो ।“मन्दिरको भित्री भाग जीर्ण बन्दै गएको छ । मन्दिरको कलाकृति पनि लोप हँुदै गएको छ”, उहाँले भन्नुभयो । भवन जीर्ण हुँदा डराइडराइ बस्नुपरेको पोखरेल बताउनुहुन्छ । मन्दिरबारे स्थानीय तहले ध्यान नदिएको उहाँको गुनासो छ । मन्दिर परिसरमा स्थानीयवासीले फूलपाती र प्रसादको व्यापार गर्दै आएका छन् ।

सुनसरीको दुहबीबाट पूजा गर्न आउनुभएकी सपना चौधरी आफू हरेक वर्ष साउनमा पिण्डेश्वरमा भगवान् शिवको पूजा गर्न आउने गरेको बताउनुहुन्छ । उहाँ यहाँ गाईको दूध चढाउन आउनुहुन्छ । “पहिलाभन्दा मन्दिर वरपर फोहर बढेको छ, शौचालय व्यवस्थित गर्न सकेका छैनन्”, चौधरीले भन्नुभयो । यस्तै विराटनगरबाट पूजा गर्न आउनुभएकी गीता कार्की आफ्नो लागि साउन महीना खास रहेको बताउनुहुन्छ । साउनमै आफूलाई छोरी प्राप्ति भएकाले पिण्डेश्वर धाम आउने गरेको उहाँले बताउनुभयो । साउनमा माछा मासु नखाई भक्तजन पिण्डेश्वरमा पूजापाठ गर्न आउने गरेका छन् ।

सुनसरीको खनारका दीपक थापा बेलाबेलामा परिवार र साथीभाइसँग पिण्डेश्वर आउने गरेको बताउनुहुन्छ । उहाँले यहाँ घुम्न आउनेका लागि पानी र शौचालयको राम्रो प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो । मन्दिरमा भेटिनुभएकी विराटनगरकी सुष्मा पराजुली बर्सेनी पिण्डेश्वर धाममा आउने गरेको बताउनुहुन्छ । “यहाँको दर्शन गर्दा मन आनन्दित हुन्छ, इच्छयाएको कुरा प्राप्त हुन्छ”, उहाँले भन्नुभयो । मन्दिर छेउमै ‘सरस्वती स्वभर पोखरी’ रहेको छ । सो क्षेत्रको संरक्षण भने हुन सकेको छैन ।
ताजा खबरवाट