१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा जालमा बेरिएर दुई जनाको मृत्यु



अ+ अ-

स्याङ्जा । स्याङ्जाको चापाकोट ५ काउरेस्थित ज्याग्दी खोलामा माछा मार्ने क्रममा माछा मार्न प्रयोग गरिने जालमा बेरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गिलाङ का ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय नीरबहादुर आलेको रहेका छन् ।

चापाकोट ५ का वडाध्यक्ष इन्द्र शाहीका अनुसार सोमबार साँझ उनीहरु ३ जना मिलेर ज्याग्दी खोलामा माछा मार्न गएका थिए। खोलामा पुगेपछि हातमा रहेको जाल फ्याक्ने क्रममा भेलले वीरबहादुर थापालाई पल्टायो र जालभित्र फसे। त्यसपछि थापालाई उद्धार गर्न गएका आले पनि सोही जालमा फसे।

मृतक आले र थापा दुबैको शव परीक्षणपछि मंगलबार आफन्तलाई बुझाइएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक इन्द्रप्रसाद चौधरीले जानकारी दिए।