१३ भाद्र २०८३, शनिबार
,
Latest
नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रम कार्यालय पोखराको सर्भरमा आएको समस्या अन्त्य



अ+ अ-

पोखरा । श्रम तथा रोजगार कार्यालय गण्डकीको सर्भरमा आएको समस्या अन्त्य भएको छ । सर्भरमा देखिएको समस्या हल भएसँगै २ दिनदेखि रोकिएको सेवा मंगलबार साँझदेखि सञ्चालनमा आएको छ ।

मंगलबार काठमाडौं केन्द्रीय विभागबाटै नयाँ सर्भर फेरेपछि समस्या समाधान भएको कार्यालयले जनाएको छ ।कार्यालयको आँखा स्क्यान गर्ने मेसिन ‘माइक्रो टिट डिभाइस’मा समस्या आएपछि आइतबारदेखि सबै सेवा ठप्प भएको थियो ।

सूचना अधिकारी छन्दनारायण श्रेष्ठले डिभाइसकै कारण कार्यालयका अन्य सेवा पनि प्रभावित पर्ने भएपछि मंगलबार बिहानदेखि वैकल्पिक डिभाइसको व्यवस्था गरी सेवा सुरु गरेको बताए । उनले भने, ‘बिहान वैकल्पिक डिभाइसको व्यवस्था गरी सेवाग्राहीको चापलाई ठेग्ने काम गर्‍यौं । तर दिउँसो विभागबाटै कर्मचारी आएर नयाँ डिभाइस जडान भइसकेको छ ।’

डिभाइसमा समस्या आएका कारण सेवाग्राही मर्कामा परेका थिए । ‘माइक्रो टिट डिभाइस’ विभागसँगै जोडिएको हुनाले त्यसमा खराबी आउँदा वैकल्पिक उपाय अपनाइएको थियो । डिभाइसकै कारण कार्यालयका अन्य सेवा पनि प्रभावित भएकाले सोमबारदेखि वैकल्पिक डिभाइसको व्यवस्था गरी काम सुरु गरिएको थियो ।

प्रदेशबाटै श्रम स्वीकृति लिन पाउने गरी कार्यालयको सुरुआत गत पुस २६ गतेबाट भएको हो । अहिले त्यहाँ दैनिक १ सय ६० जनासम्म सेवाग्राही सेवा लिन पुग्ने गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।




भर्खरै