४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

तीन वर्षमा १६ हजारले गरे आत्महत्या

तीन वर्षमा १६ हजारले गरे आत्महत्या
अ+ अ-

काठमाडौं। विश्व स्वास्थ्य संगठनको तथ्यांकले प्रत्येक ४० सेकेन्डमा विश्वमा एक जनाको आत्महत्या हुने देखाउँछ । नेपालमा भने पछिल्लो तीन वर्षमा विभिन्न तरिकाबाट १६ हजार १९५ जनाले आत्महत्या गरेका छन् । नेपाल प्रहरीले तयार गरेको आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्मको तीन वर्षको तथ्यांकले १६ हजार १९५ जनाले विभिन्न तरिका अपनाएर आत्महत्या गरेको देखाएको हो । जसमध्ये सबैभन्दा बढी आत्महत्या झुन्डिएर भएको छ । तीन वर्षको अवधिमा झुन्डिएर मात्रै ११ हजार ९४१ जना अर्थात् करिब १२ हजारले आत्महत्या गरेका छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार २०७३/७४ मा मात्रै ३ हजार ७६१ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । यस्तै, २०७४/७५ मा ३ हजार ८६८ जनाले तथा गत आर्थिक वर्षमा ४ हजार ३१२ जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।

झुन्डिएर पछि सबैभन्दा बढी आत्महत्या विष सेवनबाट हुने गरेको प्रहरी तथ्यांक देखाउँछ । गत तीन वर्षको पहिलो वर्षमा १ हजार २१५, दोस्रो वर्षमा १ हजार ३६३ तथा गत आर्थिक वर्षमा १ हजार ३२० जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगंजका मानसिक स्वास्थ्य विभाग प्रमुख प्रा. डा. सरोजप्रसाद ओझाले मनोवैज्ञानिक तथा सामाजिक दुई प्रमुख कारणबाट मानिसले आत्महत्याको निर्णयसम्म पुग्ने गरेको बताए । उनले समाजमा आफ्नो प्रतिष्ठामा कतै आँच आएको महसुस हुँदासमेत मानिसले आत्महत्याको निर्णयमा पुग्ने गरेको जानकारी दिए ।

पछिल्लो समय राजनीतिक, आर्थिक अभाव, पारिवारिक खटपट तथा सम्बन्धविच्छेद, बढी मादकपदार्थ सेवन, बेरोजगारी समस्या तथा छिट्टै आवेशमा आउने कारण मानिसले आत्महत्या रोज्ने गरेको देखिएको उनले जनाए ।

‘मनोवैज्ञानिक तथा सामाजिक कारण नै आत्महत्याका प्रमुख दुई कारण हुन्, यसमा राजनीतिक कारण, आर्थिक अभाव, पारिवारिक खटपट तथा सम्बन्धविच्छेद, बढी मादकपदार्थ सेवन, बेरोजगारी समस्या, तथा छिटै आवेशमा आउने कारण पर्छन्,’ शिक्षण अस्पताल महाराजगन्जका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. ओझाले राजधानीसँग भने ।

प्रहरीको तथ्यांकले आफैंले आफैंलाई आगो लगाएरसमेत आत्महत्या गर्ने गरिएको देखाउँछ । आर्थिक वर्ष २०७३/७४ मा २४ जना, त्यसपछिको वर्षमा १५ जना र गत आर्थिक वर्षमा २४ जनाले आफैले आफैंलाई आगो लगाएर आत्महत्या गरेका हुन् ।

यस्तै, आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्म हाम फालेर १६९ जनाले आत्महत्या गरेका छन् । यसैगरी, आफैले आफैंलाई करेन्ट लाएर तीन वर्षमा नौ जना, हातहतियार तथा औजार प्रयोग गरी ३९ जना, पानीमा हामफालेर तथा डुबेर ७५ जना र विस्फोटक पदार्थ प्रयोग गरी १ जनाले आत्महत्या गरेको प्रहरीको विगत तीन वर्षको तथ्यांकले देखाएको हो ।

रोकथाम गर्न सकिन्छ आत्महत्या

प्रा.डा.सरोजप्रसाद ओझा
मानसिक स्वास्थ्य विभाग प्रमुख
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज

मानिसले मनोवैज्ञानिक तथा सामाजिक गरी प्रमुख दुई कारणबाट आत्महत्याको निर्णय रोज्ने गरेको पाइन्छ । यसमा राजनीतिक कारण, आर्थिक अभाव, पारिवारिक खटपट तथा सम्बन्धविच्छेद, बढी मादक पदार्थ सेवन, बेरोजगारी समस्या, तथा छिटै आवेशमा आउनेलगायतका कारण देखिने गरेका छन् ।

कमजोर स्वभाव जो आफ्नो समस्या बाहिर खुलेर अरूलाई भन्न सक्दैनन् र प्रायः नकारात्मक भावनाका कारण धेरै सोचिरहन्छन् उनीहरू धेरै सोचाइका कारण डिप्रेसनमा पुगेर मृत्युवरणसम्मको निर्णयमा पुग्ने गरेका पनि छन् ।

मानिसमा नकारात्मक सोचाइ आउनु नै गलत होइन । तर, त्यस्ता सोचाइबारे अरूलाई जानकारी दिन सक्नु गलत सोचाइबाट मुक्त हुने राम्रो बाटो हो । त्यसले ठूलो दुर्घटना रोक्छ । परिवारका सदस्यले समेत आफ्नो घरभित्रका मानिसको स्वभावलाई ख्याल गरेर त्यहीअनुसारको वातावरण बनाएर उसको स्वभावलाई सहज बनाउन सक्नु पर्छ ।

मानिसहरू आफ्नो सामाजिक प्रतिष्ठामा समेत ठेस नलागोस् भन्ने चाहन्छन् । नकरात्मक सामाजिक प्रवृतिलाई समेत हामीले हटाउनुपर्छ । जथाभावी रूपमा बिक्री हुने गरेका विषादीको बिक्रीमा सरकारले प्रतिबन्ध लगाउनुपर्छ ।

यसैगरी, आफूलाई सामान्य अवस्थाबाट असहज भएको जस्तो महसुस भएमा मनोचिकित्सकसँग गएर आफ्नो समस्यालाई कम गर्दै अघि बढ्न सकिन्छ । त्यसमा महत्वपुर्ण पाटो भनेको परिवार नै हो । परिवार नै आफ्नो मान्छेको स्वास्थ्य अवस्थाबारे जानकार रहने हुँदा असामान्य अवस्थामा चिकित्सकको परामर्शमा जानु नै उत्तम हुन्छ ।

यस्तै, राज्यले पनि नकारात्मक सोचाइबाट हुन सक्ने सम्भावित घटनाबारे ध्यान पुर्याउनुपर्छ । त्यसका लागि सरकारीतवरबाटै जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्नुपर्छ । राज्यबाट यस्ता क्षेत्रमा ध्यान दिँदासमेत धेरै हदसम्म आत्महत्यालाई निराकरणको बाटोमा ल्याउन सकिन्छ ।

भ्रष्टाचार मुद्दा खेपेकाहरू पनि आत्महत्याको बाटोमा

भ्रष्टाचारको आरोपमा मुद्दा खेपेकाहरूले पनि आत्महत्याको बाटो रोज्न थालेका छन् । प्रहरीका अनुसार पछिल्ला दिनमा अख्तियार तथा अन्य विभिन्न निकायबाट भ्रष्टाचारको आरोप खेपेका ६ जना कर्मचारीले आत्महत्या गरेका छन् । यसरी आत्महत्या गर्नेमा अकुत सम्पत्ति छानबिनमा परेका पूर्वसचिव दिनेशचन्द प्याकुरेल र नायब सुब्बा केदारनाथ ढुंगाना छन् ।

३३ किलो सुन प्रकरणमा मुछिएका प्रेमलाल चौधरी र सानु बन लोडरले पनि आत्महत्या गरेका छन् । त्यस्तै, त्रिवि सेवा आयोगका वरिष्ठ अधिकृत रामबहादुर पाण्डे तथा ललिता निवास जग्गा प्रकरणमा मुछिएका नासुद्वय युक्तप्रसाद श्रेष्ठ र हरिप्रसाद आचार्यले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।