४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मिलोमतोमा वन फँडानी : पक्राउको डरले बस्तीभरि ताला

मिलोमतोमा वन फँडानी : पक्राउको डरले बस्तीभरि ताला
अ+ अ-

नवलपरासी । पशुचौपाया गोठमा कराइरहेका छन् । घाँसपराल हाल्ने कोही छैन । बस्तीका ३४ घरमध्ये सबैजसोको ढोकामा ताला लागेको छ । यस्तो दृश्य पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ खकरा गाउँको हो ।

कर्मचारी र सामुदायिक वन समितिका पदाधिकारीको मिलेमतोमा स्थानीय तालदेवी सामुदायिक वनको एक सयवटाभन्दा बढी हरिया रूख फँडानी भएपछि कारबाहीमा परिने डरले खकराका गाउँले घर छाडेर भागेका छन् । हरिया रूख काटिएको ३६ दिनपछि डिभिजन वन कार्यालयका प्रमुखसहितको टोली निरीक्षणमा पुगेपछि स्थानीय घर छाडेर लुकेका हुन् ।

खकरा गाउँ नजिकको जंगलमा वन कर्मचारी र वन समितिका स्थानीय पदाधिकारीको मिलेमतोमा हरिया रूख फँडानी भएको हो । त्यहाँ करिब ४ हजार क्युफिट काठ अवैध कटान गरिएको प्रारम्भिक अनुमान छ । त्यसको प्रचलित बजार मूल्य ४० लाख पर्छ ।

रूख कटानमा संलग्नले जनही ४० लाख बिगो र त्यसको दुई गुणा बढी जरिवाना तिर्नुपर्ने हल्ला भएपछि सोझा गाउँलेको भागाभाग भएको हो । रूख कटानमा संलग्न रहेको आरोप लागेका वडाध्यक्ष रनबहादुर झेडीमगर, वन समूहका अध्यक्ष दीपक जीसी र सचिव जयबहादुर बाह्रघरे भने गाउँमै छन् । वर्षायाममा विद्यालय बन्द भएको मौकामा रूख काटिएको थियो ।

डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीसहितको टोली निरीक्षणमा गएपछि कारबाहीमा परिने र जेल बस्नुपर्छ भन्ने त्रासले गाउँले घर छाडेर हिँडेका हुन् । ‘वन कर्मचारीकै मिलेमतोमा टाठाबाठाले रूख काटे तर गाउँले कारबाहीमा परिने त्रासले गाउँ छाडेर हिँडे,’ तालदेवी सामुदायिक वनका पूर्वअध्यक्ष चक्रपाणि तिमिल्सिनाले भने, ‘बाठा जोगिन्छन् । सोझा गाउँले फस्न सक्ने अवस्था रह्यो ।’

खकरा मगर समुदायको बस्ती हो । उनीहरू दिउँसो सपरिवार छिमेकका गाउँमा गएर लुक्ने र रात परेपछि घर फर्कने गरेको बुझिएको उनले बताए ।

डिभिजन वन कार्यालयका कर्मचारीको संलग्नताबिना स्थानीयले मात्रै यति धेरै रूख काट्ने हिम्मत नगर्ने सामुदायिक वन उपभोक्ता समिति जिल्ला अध्यक्ष ठाकुर पाण्डे बताउँछन् । ‘कतै कुरा नमिलेपछि बल्ल वन कर्मचारी अनुगमनमा गएको हुनुपर्छ,’ उनले भने, ‘सयभन्दा बढी रूख काटिएको ३६ दिनसम्म डिभिजन वन कार्यालयले थाहा नपाउने भन्ने हुँदै हुँदैन ।’

आर्थिक लेनदेनमा कुरा नमिलेपछि बल्ल वन डिभिजन कार्यालयले चासो देखाएको उनको दाबी छ । ‘वन कटान भएको क्षेत्रमै सब–सेक्टर कार्यालय छ । त्यसमा ५ कर्मचारी छन् । उनीहरूले फँडानी भएको ३६ दिनसम्म चालै नपाउने भन्ने हुन्न,’ उनले भने ।

रूख फँडानीमा वन समूह अध्यक्ष जीसी, वडाध्यक्ष झेडीमगर र अन्य केही पदाधिकारीको मिलेमतो रहेको नजिकका गाउँले बताउँछन् ।

१४ वर्षअघि उक्त वन समुदायलाई हस्तान्तरण गरिएको थियो । ४ सय ९१ हेक्टरमा फैलिएको वन संरक्षण गर्दै आएका स्थानीयले रूखहरू हुर्काउनुपर्छ भन्दै हालसम्म ढलापडा पनि निकाल्न कार्ययोजना बनाएका थिएनन् । कटान भएको वन र खकरा गाउँ कावासोतीबाट ६६ किमि पश्चिम–उत्तर तथा होङ्सी सिमेन्ट कारखाना रहेको सर्दीबाट ५ किमि उत्तरमा पर्छ । खकरा खोलाको दाहिने किनारमा रहेको कच्ची सडकसँगैको दायाँतर्फ अधिकांश रूख काटिएको छ । वडाध्यक्ष झेडीमगरकै भाइको जेसीभी रूख पल्टाउन प्रयोग भएको नजिकका गाउँले बताउँछन् ।

वडाध्यक्ष झेडीमगर भने फँडानीमा आफ्नो संलग्नता नभएको बताउँछन् । ‘गाउँलेले विद्युतीकरणका लागि बजेट जुटाउन काटेको भन्ने शंका छ । बुझदै छु,’ उनले भने, ‘रातारात बाहिरबाट आएकाले काटेको भन्ने पनि हल्ला छ ।’ वन समितिका सचिव जयबहादुर बाह्रघरे र सदस्य हुमबहादुर दर्जी हरेक दिन रूख काटिएको स्थानबाट सर्दिबजार आउजाउ गर्छन् । त्यत्रा रूख काटिँदा नकाट भनेको नसुनिनु र वन कार्यालयमा पनि जानकारी नदिइएकाले स्थानीयले कर्मचारी र वन पदाधिकारीको मिलेमतोको आशंका गरेका हुन् ।

सबडिभिजन वन कार्यालय सर्दीका प्रमुख अमृत ज्ञवालीले अरू गाउँलेले जानकारी दिएपछि निरीक्षणमा जाँदा फँडानी भएको भेटिएको बताए । रूख टुक्राटुक्रा पारेर केही बिक्री गरिसकेको देखिएको छ । वन फँडानीको अनुसन्धान सुरु गरेको जनाएको डिभिजन वन कार्यालयले संलग्नको खोजी भइरहेको दाबी गरेको छ ।

गाउँपालिका अध्यक्ष डम्बर जीसीले काठ कटान गरिएको जानकारी पाएपछि आफू स्थलगत निरीक्षणमा जाँदा अनियमितता भेटेको र त्यसो गर्न नदिन गाउँलेलाई सम्झाएको दाबी गरे । डिभिजन वन अधिकृत पूर्णेश्वर सुवेदीले अनुसन्धान थालिएकाले दोषीलाई कारबाहीगरिने बताए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।