४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

दोहोरो कब्जामा हरैयाको जग्गा

दोहोरो कब्जामा हरैयाको जग्गा
अ+ अ-

घटना १

२०६१ सालताका देशमा चरम द्वन्द्व थियो। तत्कालीन विद्रोही माओवादीले कैलालीको हरैयास्थित दाङका रणबहादुर शाहको २३ बिघा पाँच धुर बाझो जमिन कब्जामा लियो। सोही सालको जेठ १३ गते तत्कालीन माओवादीका नेताहरूले सो जग्गामा सुदूरपश्चिमका पहाडी जिल्लाका विपन्न, दलित तथा कैलाली र कञ्चनपुरका थारु समुदायका केही मानिसलाई ल्याएर बसाले। सुरुमा १५ सय परिवारलाई ल्याएर माओवादीले यहाँ बसाले पनि प्रहरी प्रशासनले उनीहरुलाई सतायो। प्रहरी प्रशासनसँग संघर्ष गर्न नसक्नेहरु छाडेर अन्यत्र गए। माओवादीको आडमा दुई सय परिवार सोही जग्गामा बसिरहे। त्यहाँ राखिएका सुकुमबासीले माओवादी विद्रोहलाई समर्थन गरे। धेरै परिवारका सदस्य माओवादीको विद्रोहमै होमिए। द्वन्द्वका क्रममा यही सुकुमबासी बस्तीका ५२ जना सहिद बने।

घटना २

द्वन्द्वकालीन समयमा तत्कालीन माओवादीले कब्जा गरेको जमिन सस्तो मूल्यमै भए पनि बेच्ने दाउमा जमिनदार शाह थिए। त्यही समयमा जमिनदार शाह र पोखराको सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालिबीच चितवनको सेती चुरोट कारखानाको जग्गा किनबेचको सहमति भयो। तर पछि माओवादीले कब्जामा लिएर सुकुमबासीलाई बाँडेको हरैयाको जमिन हाउजिङ प्रालिलाई बेच्नेरबेचाउने सहमति भयो।

सोही सहमतिअनुसार प्रहरीको सूचीमा ‘मोस्ट वान्टेड’ रहेका कालीबहादुर खाम ‘विविध’ लगायत सुदूरपश्चिमका तत्कालीन माओवादीका नेताहरुले जग्गा बिक्री गर्नरगराउन सहयोग गरे। सोही सहयोगअनुसार २०६४ माघ २५ गते सो हाउजिङ प्रालिले हरैयास्थित २३ बिघा पाँच धुर जमिन ४७ करोड रुपैयाँमा किन्यो।

घटना ३

हरैयामा तत्कालीन माओवादीले बसालेका सुकुमवासीले आफूहरुलाई उचित व्यवस्थापन नगरेसम्म जग्गा नछोड्ने अडान लिए। उनीहरुको अडानमा सहमति जनाउँदै सो हाउजिङ प्रालिले ६२ परिवारलाई धनगढी उपमहानगरपालिका–१७, धुरजन्नामा एकरएक कट्ठाका दरले जमिन उपलब्ध गरायोे। धुरजन्नामा खानेपानी, शौचालय, विद्यालयको उचित व्यवस्थापन नभएको भन्दै केही परिवार हरैयामै फिर्ता भए।

फिर्ता भएकालाई प्रतिपरिवार दुई लाख ८ हजारका दरले पैसा दिने भन्दै सो हाउजिङ प्रालिले जमिन छोड्न भन्यो। तर, उनीहरुले आफूहरुलाई पैसाभन्दा पनि वैकल्पिक व्यवस्था नहुन्जेल हरैयाको जमिन नछाड्ने बताए। उनीहरूले बसेको ठाउँ छाडेनन्।

घटना ४

गत असार २६ गते झरी लागिरहेका बेला सो हाउजिङ प्रालिले पाँचजना ‘बाउन्सर’ लाई भाडामा लिएर सुकुमबासीका झुप्राहरु भत्काउन लगायो। यो क्रम दस दिनसम्म जारी रह्यो। प्रहरी प्रशासन मौन रह्यो। हरैयामा ‘गुण्डाराज’ चलेको भन्दै चौतर्फी आलोचना भइरह्यो। सुदूरपश्चिम प्रदेशसभा बैठकमा समेत यसबारे चर्चा भयोे।

घटना ५

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विज्ञप्ति जारी गर्दै हरैया जमिन आफ्नो कब्जामा रहेको दाबी ग(यो। त्यसपछि साउन २ गते धनगढीमा विप्लव नेतृत्वको पार्टीका लडाकु रामसिंह बमको आफैंले बोकेको बम विस्फोटमा परी मृत्यु भयो।

सोही पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले हरैया सुकुमबासी बस्तीमा भइरहेको ज्यादतीविरुद्ध र सुकुमबासीको रक्षाका लागि परिचालन भएकै बेला सिंहको बम विष्फोटमा परी ज्यान गएको बताए। उनले त्यहाँका सुकुमबासीको पक्षमा पार्टी भएको बताए।

घटना ६

साउन २३ गते मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले झण्डा गाडेर हरैयाको सो जमिन कब्जामा लिएको घोषणा गर्यो।
……

तत्कालीन विद्रोही नेकपा माओवादीले कब्जा गरेको हरैया जमिनमा सबैको ध्यान केन्द्रित भएको छ। तत्कालीन नेकपा माओवादी (अहिले नेकपाका नाममा सत्तामा) नेताहरु सो जमिन बिक्री गराएर सुकुमबासी हटाउन सक्रिय रहे भने माओवादीबाट अलग भएका विप्लव र वैद्य समूहले आफ्नो कब्जामा रहेको दाबी गरेका छन्।

‘द्वन्द्वकालमा हरैयाको जमिन हामीले नै कब्जा गरेका हौं,’ विप्लव नेतृत्वको पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले नागरिकसँग भने, ‘त्यो जमिनमा सुकुमबासीलाई नै पुनस्र्थापित गराउँछौं। ’ त्यो जमिन आफूहरुले नै निगरानीमा राखेको उनले बताए।

यसैगरी वैद्य समर्थित अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य केशव साउदले गुण्डाहरु लगाएर सुकुमबासीको उठीबास गराइएकाले उनीहरुलाई पुनस्र्थापित गर्न प्रदेश कमिटीको निर्णय अनुसार हरैयाको जमिन कब्जा गरेको बताएका छन्।

वैद्य समर्थित किसान नेता टंक कोइरालाले निमुखा सुकुमबासीलाई पुनस्र्थापित गराउन आफ्नो पार्टीले जमिन कब्जा गरेको बताए। उनले हरैयाको २३ बिघा ५ धुरमध्ये एक बिघा ७ कट्ठा ४ धुर जमिन ऐलानी रहेको बताए। उनले भने, ‘ऐलानी जमिनमा बसेका सुकुमबासीलाई समेत भूमाफियाले गुन्डा लगाएर हटाएका छन्। ’ ऐलानी जमिनमा बसेका सुकुमबासीलाई किन हटाइयो भन्ने प्रश्नको जवाफ सरकारसँग मागिरहेको उनी बताउँछन्।

ऐलानी जमिनबाट हटाइएका सुकुमबासीसमेत अहिलेसम्म पुनस्र्थापित हुन सकेका छैनन्। उनीहरु हरैयाबाट लखेटिएपछि ‘डरले’ आसपासका क्षेत्रमा घर भाडामा लिएर बस्दै आएका छन्। जमिनदार शाहबाट कित्ता नम्बर १६७, १६८, १६९, १७०, १७१, १०, २२, २३, २४, २०३, ३७० र ५०० को २३ बिघा पाँच धुर जमिन हाउजिङ प्रालिले खरिद गरे पनि त्योसँगै सटेको सिट नम्बर ०२७–०४१० को कित्ता नम्बर ३ को एक बिघा सात कट्ठा सवा चार धुर जमिन ऐलानी छ।

शाहको जमिनसँगै सटेको ऐलानी जमिनबाट पनि आफूहरुलाई लखेटेको बताउँदै स्थानीय गंगाराम नागरीले भने, ‘हामी १५ वर्षदेखि ऐलानी जमिनमा बस्दै आएका थियौं, अहिले हामीलाई त्यहाँबाट हटाएर बिचल्लीमा पारिएको छ।’, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।