४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

बालिका बेचबिखन आरोपमा बालमन्दिरकै निर्देशक पक्राउ

बालिका बेचबिखन आरोपमा बालमन्दिरकै निर्देशक पक्राउ
अ+ अ-

काठमाडौँ । बालिका बेचबिखनमा सहयोगी भूमिका खेलेको आरोपमा प्रहरी परिसर काठमाडौंले बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोललाई पक्राउ गरेको छ ।

केही दिनअघि अर्काको सन्तानलाईआफ्नो छोरी बनाएर लैजाने प्रयास गरेकी बेलायती नागरिक डिना स्मिथलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले रोकेको थियो ।

स्मिथले ललितपुरको महालक्ष्मी नगरपालिकाले बनाइदिएको शिशु जन्मदर्ता कागजका आधारमा काठमाडौंस्थित बेलायती दूतावासबाट राहदानी निकालेर बच्चा लैजान खोजेकी थिइन् । प्रहरीसँग बयानमा स्मिथले बाल संगठनका निर्देशक बालकृष्ण डंगोलको सहयोगमा बच्चा हात पारेको र त्यसपछि आवश्यक कागजपत्र बनाएको बताएपछि प्रहरीले बालकृष्णलाई पक्राउ गरेको हो ।

बच्चा लिनकै निम्ति स्मिथ २६ जुलाईमा काठमाडौं आएकी थिइन् । प्रहरीका अनुसार स्मिथले लैजान खोजेकी बालिका २८ जुलाईमा गर्भपतन केन्द्रमा जन्मिएको देखिन्छ । उनको गतिविधि शंकास्पद देखिएको कागजात भेटिएपछि विमानस्थल अध्यागमनले बेलायत जान रोकेको थियो । त्यतिखेर स्मिथले बच्चा आफूले नै नेपालमा जन्माएको झूटो दाबी गरेकी थिइन् ।

अध्यागमन अधिकारीले थापाथलीको परोपकार प्रसूति गृहमा उनको स्वास्थ्य परीक्षण गरेपछि स्मिथ गर्भवती नरहेको र सन्तान नजन्माएको प्रमाणित भएको थियो । त्यसपछि बयान फेर्दै उनले काठमाडौंकै एक गर्भपतन केन्द्रमा जन्मिएको बच्चा आफूले लैजान लागेको बताएकी थिइन् । स्रोतका अनुसार राजधानीकै एक गर्भपतन केन्द्रले बाल मन्दिरमा राख्ने गरी उक्त बच्चा डंगोललाई जिम्मा लगाएको थियो ।

तर डंगोल ललितपुरको महालक्ष्मी नगरपालिका मूल घर भई बेलायत बस्ने राम श्रेष्ठमार्फत स्मिथसँग सम्पर्कमा पुगेका थिए । स्रोतका अनुसार राम र स्मिथ बेलायतमा लामो समयदेखि बस्दै आएका छन् । स्मिथले धर्मपुत्रीको चाहना गरेपछि रामले उनलाई डंगोलसँग सम्पर्क गराइदिएका थिए ।

प्रहरीका अनुसार डंगोलले काठमाडौं उपत्यकामा रहेका गर्भपतन केन्द्रहरूमा सम्पर्क राखेर अनिच्छापूर्वक वा करकापजन्य परिस्थितिमा जन्मिएका बच्चाको विवरण तयार पार्दै आएको अनुसन्धानले देखाएको छ । डंगोलले गर्भपतन केन्द्रमा बच्चा जन्मिने समय अगावै धर्मपुत्र वा धर्मपुत्री चाहिरहेका विदेशी खोज्थे । त्यस्ता विदेशीलाई नेपाल बोलाएर फर्जी कागजातका आधारमा विदेश पठाउने भूमिका खेल्थे । स्मिथलाई बच्चा लैजान डंगोलले नै ललितपुरको महालक्ष्मी नगरपालिकाका केही कर्मचारीलाई पनि उपयोग गरेका थिए । स्रोतले भन्यो, ‘स्मिथसँग मात्रै डंगोलले चार लाख रुपैयाँ लिएको खुलेको छ ।’

उनले स्मिथका देवरबाट ४ लाख रुपैयाँ नगद बुझेको सीसीटीभी फुटेज पनि प्रहरीले प्राप्त गरेको छ । सोझै बैंक खातामा रकम हाल्दा वा चेक बुझदा प्रमाण रहने डरले डंगोलले स्मिथका देवरसँग नगद रकम बुझेका थिए । काठमाडौंको एक बैंकबाट रकम बुझेर देवरले डंगोलको हातैमा रकम थमाइदिएका थिए । प्रहरी स्रोतले भन्यो, ‘डंगोलको अस्वाभाविक सम्पत्तिबारे पनि छानबिन आकर्षित हुन सक्ने देखिन्छ ।’ प्रहरीका अनुसार डंगोलले बच्चा लैजानका निम्ति सबै कागजात सजिलै मिलाइदिने भन्दै स्मिथलाई आश्वस्त तुल्याएको देखिन्छ ।

प्रहरी परिसर काठमाडौंका अनुसार स्मिथविरुद्ध मानव बेचबिखनको मुद्दा चलाउने प्रक्रिया अघि बढेको छ । डंगोलका हकमा बुधबारै जिल्ला अदालत काठमाडौंबाट ५ दिन थुनामा राखी अनुसन्धान गर्ने अनुमति लिएको छ । परिसरका डीएसपी होबिन्द्र बोगटीले डंगोलविरुद्ध मानव बेचबिखन कसुरमा मुद्दा चलाइने बताए । अध्यागमन विभागका महानिर्देशक ईश्वर पौडेलले विदेशी नागरिकले फर्जी कागजातका आधारमा धर्मपुत्री भन्दै बच्चा लिएर जाने घटना गम्भीर भएको बताए ।

उनले यस्ता घटनामाथि गम्भीर निगरानी गरिरहेको बताए । केही महिनाअघि मात्रै काठमाडौंस्थित दक्षिण कोरियाली दूतावासबाट फर्जी पत्रका आधारमा आवश्यक कागजात बनाएर एक कोरियाली महिलाले नेपाली बच्चा लैजान खोजेकी थिइन् । त्यतिबेला पनि अध्यागमनका अधिकारीले ती कोरियालीलाई विमानस्थलबाटै फर्काइदिएका थिए ।

प्रहरीले स्मिथले कसरी वडा कार्यालयबाट जन्मदर्ताको कागजात बनाइन्, त्यसका निम्ति क–कसले कसरी सहयोगी भूमिका खेल्यो भन्नेबारे पनि अनुसन्धान अगाडि बढाएको छ । प्रहरी परिसर काठमाडौंका एक अधिकारीले काठमाडौंस्थित बेलायती दूतावासले कसरी बच्चाको राहदानी बनाइदियो भन्नेबारे पनि बुझ्ने काम थालिएको बताए ।

काठमाडौंस्थित बेलायती दूतावासले अन्ना बेला लक्ष्मी स्मिथ श्रेष्ठको नाममा बालिकाको राहदानी बनाएको जनाएको छ । अध्यागमन विभाग स्रोतका अनुसार काठमाडौंस्थित बेलायती दूतावासले स्मिथको प्रकरणमा शंकास्पद चासो देखाएको बतायो । स्रोत भन्छ, ‘स्मिथलाई बच्चा लिएर नेपालबाट जाने काममा सहजीकरण गरिदिनका लागि दूतावासले अध्यागमनलाई पत्र नै लेखेको छ ।’ बालिकालाई अहिले कान्ति बाल अस्पतालमा राखिएको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।