१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यादी बेनीका वडाध्यक्षलाई मोसो र चप्पलको माला



अ+ अ-

म्याग्दी । म्यादीको बेनी नगरपालिका २ का वडाध्यक्ष हिराबहादुर थापालाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको छ।

वडा कार्यालयमा काम गरिरहेका अबस्थामा बिहीबार बिहान ११ बजे थापालाई मोसो र माला लगाइएको हो।

मोसो लगाउने समूहको पहिचान भइनसकेको तर नेत्र विक्रम चन्द विप्लव समूहले लगाएको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष थापालाई विप्लव समूहले विद्यालय लगायतमा भ्रष्टाचार तथा अनियमितताको आरोप लगाउँदै आएको थियो।