१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जंगलमा शिविर बनाएर जुवा खेल्ने आठजना पेशेवार जुवाडे पक्राउ



अ+ अ-

गोरखा । पालुङ्टार नगरपालिका ५ को जङ्गलबाट आठजना जुवाडे पक्राउ परेका छन्।

गण्डकी प्रदेश प्रहरीको अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको टोलीले गोरखा, तनहूँ र लम्जुङका पेशेवार जुवाडेलाई पक्राउ गरेको हो ।

जङ्गलमा टेण्ट टाँगेर जुवा खेलिरहेको अवस्थामा जुवाडेलाई पक्राउ गरेको इप्रका ठाँटिपोखरीका प्रहरी निरीक्षक सीताप्रसाद चौधरीले बताए । उनीहरुको साथबाट तीन लाख ८७ हजार दुई सय ५० रुपैयाँ बरामद गरेको उनले जनाकारी दिए ।

उनीहरुलाई बिहीबार जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ।