१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुडासैनी आत्महत्या प्रकरणः रुकु भनिने अस्मिता पक्राउ, रवि र युवराज निगरानीमा



अ+ अ-

काठमाडौँ । टेलिभिजन पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुपूर्व सार्वजनिक भएको भिडियोमा उनले उल्लेख गरेकी युवती ओखलढुंगाकी रुकु भनिने अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

नर्ससमेत रहेकी कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट बिहीबार पक्राउ गरेको हो । अस्मितालाई पक्राउ गरी भरतपुर लगिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान मल्लले पुडासैनी हत्या प्रकरणको अनुसन्धान अघि बढिसकेकाले रवि लामिछाने र युवराज
कँडेल पनि प्रहरीको निगरानीमा रहेको बताएका छन्। पत्रकार शालिकरामले आत्महत्या गर्नुअघि खिचेको भिडियोमा लामिछाने, कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए।