१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षौँपछि गाउँमा खानेपानी



अ+ अ-

जाजरकोट । बारेकोट गाउँपालिका लैखम खालकाटीयाकी ५५ वर्षीया भद्रकला खत्रीको आधा जीवन खानेपानीको गाग्री बोकेरै बित्यो । उहाँलाई घरको अन्य कामकाजभन्दा पनि पानीकै चिन्ताले सताउने गरेको थियो ।

सोही ठाउँकी कमला खत्रीको पनि पीडा उस्तै थियो । पानीकै लागि ठूलै सङ्घर्ष गर्नुपरेको कमलाले बताउनुभयो । घर नजिक पानी नहुँदा दुई घण्टा टाढा नमेलाखोला जानुपर्ने बाध्यता थियो भद्रकलालाई । भद्रकला र कमला मात्र होइन, गाउँका १०० घरका महिलाको पीडा उस्तै थियो । एक गाग्री पानी लिन दुई घण्टा पैँदल हिँडेर नमेलाखोलाको नाउलामा जानुपर्ने, पालो कुरेर बस्नुपर्ने बाध्यता थियो ।

त्यो विगतको पीडा अन्त्य भएको छ । घर नजिकै खानेपानीको सुविधा पुगेपछि महिलाहरु खुशीले गद्गद् छन् । खानेपानी आयोजना निर्माण गर्न बारेकोट गाउँपालिकाको रु ४८ लाख लागत र स्थानीयवासीको श्रमदानबाट खानेपानी निर्माण भएको बृहत खानेपानी उपभोक्ता निर्माण समितिका सचिव रणबहादुर खत्रीले बताउनुभयो । लामो समयदेखि खानेपानी समस्या भोगेका गाउँका स्थानीयवासी पानी आएपछि खुशी भएका छन् । लैखमवासी १०० घरधुरीले खानेपानीको सुविधा पाएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो ।

बारेकोट गाउँपालिका–८ को पैरेखाली, खालकाटीया, रिमदारा, रातापोख्रा, पखेरी, माथिगाउँलगायत गाउँमा तीन वर्षपछि खानेपानी योजना बनेको स्थानीय ६८ वर्षीय मनबहादुर खत्रीले बताउनुभयो । यो गाउँमा पानी आउँला भन्ने कल्पनासमेत कसैले गरेका थिएनन् । वर्षामा आकाशबाट आएको जम्मा गरेको पानी खानुपर्ने बाध्यता, हिउँदमा नाउलाको पानी खानुपर्ने समस्या अन्त्य भयो । अहिले धेरै सहज भएको छ, अर्का हरिबहादुर खत्रीले बताउनुभयो । उक्त खानेपानीबाट १०० घरधुरीलाई पायक पर्ने गरी १४ धारा राखिएको छ ।




भर्खरै