४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

एसपी चिनेको छु भन्दै पैसा असुल्न खोज्ने पक्राउ

एसपी चिनेको छु भन्दै पैसा असुल्न खोज्ने पक्राउ
अ+ अ-

पोखरा । पोखरामा एसपी, डिएसपी चिनेको छु भन्दै बार्गेनिङ गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले एसपी, डिएसपीलाई चिनेको छु भन्दै रकम बार्गेनिङ गरेको भन्दै कार्यालयमा उजुरी परेपछि रकम बार्गेनिङ गर्ने विनोदबहादुर भट्टराईलाई नियन्त्रणमा लिइएको हो ।

गएको साउन १ गते पोखरा महानगरपालिका १८ बस्ने विनोदबहादुर भट्टराईलाई ३ युवाले कुटपिट गरेको घटनालाई लिएर बारम्बार रकम बार्गेनिङ गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार मैले कास्कीका एसपी, डिएसपी चिन्या छु । मलाई ३ लाख ५० हजार रुपैयाँ देऊ केश मिलाइदिन्छु ।नत्र ३ वर्ष जेलमा बस्नुपर्ला भनि पटक–पटक सम्पर्क गरेर रकम मागेपछि आफन्तहरुले प्रहरी कार्यालयमा आएर उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख दानबहादुर कार्कीले भट्टराईको भनाइ उधृत गर्दै अगाडि भने, ‘यो ज्यानमारा केशमा पनि जान सक्छ । ३ वर्ष त जेल हुन्छ । तरुन्त मलाई पैसा ल्याऊ । कुरा मिलिहाल्छ ।’ प्रहरीले भट्टराईलाई लागेको चोटको भरपाई गरी उनलाई न्याय दिलाउने गरी काम गरिरहेको थियो । तर, उनले उल्टै प्रहरीको बदनाम गर्नतिर लागे ।

प्रत्येक दिनजसो भट्टराईले आरोपितका परिवारसँग ‘बार्गेनिङ’ गर्न थालेपछि उनीहरुले प्रहरीलाई खबर गरे । प्रहरीले उनलाई साउन २६ गते पक्राउ गरेको छ । उनी अहिले प्रहरी नियन्त्रणमा छन् ।