१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ वटा सुन गोहोरोसहित एकजना पक्राउ



अ+ अ-

बिराटनगर । मोरङमा प्रहरीले १२ वटा दूर्लभ जनावर सुन गोहोरोसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका-६ का ५९ वर्षीय जसबहादुर धिमाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रचौ सिक्टीबाट खटिएको प्रहरी टोलीले साइकलमा सिक्टीबाट डायनियातर्फ आउँदै गर्दा धिमाललाई चेकजाँचका क्रममा १२ वटा जिवित सुन गोहोरासहित सुनवर्षी नगरपालिका–८ हर्चगढीबाट शनिबार साँझ पक्राउ गरेको जनाएको छ।

उनले प्लाष्टिकको बोहोरामा राखेर सुन गोहोरो डायनिया तर्फ लैजाँदै थिए । पक्राउ परेका जसबहादुरलाई प्रहरीले कारबाहीका लागि डिभिजन वन कार्यालय मोरङ पठाएको छ ।