१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध भारतीय रुपैयाँसहित पाँचजना पक्राउ



अ+ अ-

दाङ । दाङ प्रहरीले अमिलियाबाट १५ लाख ७९ हजार पाँच सय ८० अवैध भारतीय रुपैयाँसहित पाँचजनालाई पक्राउ गरेको जनाको छ।

पक्राउ पर्नेमा बाँके जिल्ला कोहलपुर नगरपालिका २ बस्ने ४० वर्षीय शसे विक, बारेकोट गाउँपालिका ८ जाजरकोट बस्ने २७ वर्षीय शिव सिङ्ग भनिने पूर्ण विक, तुलसीपुर उपमहानगर पालिका ५ बस्ने २७ वर्षीय हिरा विक, त्रिवेणी गाउपालिका ९ बस्ने ४३वर्षीय प्रकाश केसी र कोहलपुर नगरपालिका २ बस्ने ३४ वर्षीय मनकुमारी खत्री रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले १५ लाख ७९ हजार ५ सय असी भारतीय रुपैयाँ र ३ हजार ४ सय ९५ रुपैयाँ नेपाली बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी बिनोद बिक्रम शाहले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।