७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङ लागेर बालिकाको मृत्यु



अ+ अ-

मार्तडी । बाजुराको बूढीगङ्गा नगरपालिका–१० बधेडामा मध्यराति १ः०० बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया छोरी सिरिया सार्की रहको स्थानीय रमेश सार्कीले बताउनुभयो ।

लाल सार्कीको घरमा परेको चट्याङको आवाजले बेहोस भएर बालिकाको मृत्यु भएको सार्कीको भनाइ रहेको छ । मृतक बालिकाकी आमा दीला सार्कीको अवस्था भने अचेत रहेको बताइएको छ । मृतक बालिकाका बुबा नोकरीको सिलसिलामा भारतमा रहेका छन् ।

चट्याङले स्थानीय लालबहादुर सार्कीको घरमा क्षति पुगेको छ । क्षतिको यथार्थ विवरण लिन इलाका प्रहरी चौकी टाँटेको टोली घटनास्थलमा गइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।