१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

राज्यको लापरबाहीले ध्रुव बिष्टको सगरमाथामा मृत्यु भयो: बिष्ट परिवार

राज्यको लापरबाहीले ध्रुव बिष्टको सगरमाथामा मृत्यु भयो: बिष्ट परिवार
अ अ+ अ-

काठमाडौं, १२ भदौ । सगरमाथा आरोहणका क्रममा मृत्यु भएका ध्रुव बिष्टकको परिवारले उनको निधनलाई रहस्यमय भन्दै त्यसबारे उजूरी गर्ने बताएको छ ।परिवारले राज्य, ट्रेकिङ एजेन्सी, पर्यटन बोर्डलगायत सम्बन्धित संघसंस्थाले लापरबाहीगर्दा बिष्टको मृत्यु भएको आरोप लगाउँदै उजूरी गर्ने बताएको हो । मृत्यु भएको खबर पनि समयमा नदिइएको र एजेन्सीहरुको लापरवाहीले गर्दा विष्टको निधन भएको परिवारको दाबी छ ।

पत्रकार सम्मेलनमा ध्रुवकी दिदी उषाले रुँदै भनिन्, “मेरो भाईको निधन राज्यको निकाय देखि पर्यटन क्षेत्रको लापरबाहीका कारण रहस्यमय तरिकाले भएकाले निष्पक्ष छानविन हुनुपर्छ ।”उनी ठमेलमा स्थित हिमालयन स्क्रिट ट्रेकबाट आफ्नो विदेशी साथिसँग सगरमाथा अरोहणमा गएका थिए । सगरमाथा आरोहणको क्रममा २०७६ जेष्ठ १० गते निधनभएको थियो । नेश्नलगाईड बिष्टको मृत्यु प्राकृतिक प्रकोपको कारण नभई रहस्यमय भएको परिवारजनहरुको भनाई छ ।

ठमेल स्थित हिमालयन स्क्रिट ट्रेकबाट विष्टलाई पनि सगरमाथा आरोहण गराउने भनेर लगेको परिवारले बताएको छ । तर, ७८०० मि.फिट माउनलाई छोडेर शेर्पा गाइर्डको साथमा विदेशी साथीलाई मात्र आरोहण गर्न लगिएको थियो । दिदीले भनेकी छिन्, “फर्किने क्रममा १०० मि. अगाडि भएको विष्टको साथीले ध्रुवलाई लडेको देखेर उद्धार टिमलाई सम्पर्क गर्दा उनीहरुले पहिला बेवास्ता गरेको र पछि दुर्घटना स्थलमा पुग्दा विष्टको अक्सिनसम्म नभएको बुझियो ।”

पोस्टमार्टम रिपोर्टमाहाई अल्टर सिक्नेसको कारण मृत्यु भएको बताइएको परिवारले जानकारी दियो । विष्टले गतवर्ष मात्र ८००० मि.फिट आरोहण गरेर आएका थिए । १२ वर्षको अनुभव बटुलेर विभिन्न आरोहणमा संलग्न भएका स्व. विष्ट लडेर मर्यो भन्ने कुरा परिवारजनहरुलाई स्वीकार गर्न कठिन भएको दखिन्छ । विष्ट इन्टरनेस्नल माउटेन गाईडको प्रमाणपत्र प्राप्तगर्ने क्रममा थिए ।

गाइड बिष्ट सुदूरपश्चिमका स्थायी बासिन्दा हुन् । बिष्टको २२ वर्षकी श्रीमती र १६ महिनाको बच्चा छ । रुकुमको सिस्ने हिमाल आरोहण गर्ने पहिलो टिममा बिष्ट पनि एक थिए । मुस्ताङमा सञ्चालन भएको स्केटिंगमा पनि बिष्टको योगदान रहेको छ । उनकी दिदी उषा विष्ट पनि हिमाल आरोही हुन् । आरोहणको अनुभवी उषाको पदयात्रालाई पछ्याउँदै भाई ध्रुव विष्टले यस क्षेत्रमा प्रवेश गरेका थिए ।

सरकारले पर्यटकहरुद्धारा आरोहण अनुमतिका लागि प्रति व्यक्ति दस देखि बीस हजार डलर लिने गरेको छ भने एक आरोहण वापत ्पर्यटकले नै गाईडलाई एक हजार डलर दिने गरेको छ । सरकारले शेर्पा गाईडलाई केही दिँदैन । यदि शेर्पा गाईडको निधन भएमा सरकारले पन्ध्र लाख मृतकको परिवारलाई दिन्छ । कार्यक्रममा ध्रुबकादाजु कुमार विष्टले पनिआफ्नो भाईको मृत्यु रहस्यमयी भएकोले यथाशक्य चाँडो छानबिन हुनुपर्ने माग गरे ।

सरकारले पर्यटकहरुद्धारा आरोहण अनुमतिका लागि प्रति व्यक्ति दस देखि बीस हजार डलर लिने गरेको छ भने एक आरोहण वापत पर्यटकलेनै गाईडलाई एक हजार डलर दिने गरेको छ । सरकारले शेर्पा गाईडलाई केही दिँदैन । यदि शेर्पा गाईडको निधन भएमा सरकारले पन्ध्र लाख मृतकको परिवारलाई दिन्छ । कार्यक्रममा ध्रुबकादाजु कुमार विष्टले पनिआफ्नो भाईको मृत्यु रहस्यमयी भएकोले यथाशक्य चाँडो छानबिन हुनुपर्ने माग गरे ।