• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   स्लोभेनियालाई पेनाल्टीमा हराउँदै पोर्चुगल युरो कपको क्वाटरफाइनलमा ★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ

भिरबाट फालिएका गाई दैलेखमा कसैले पनि नमगाएको खुलासा, गाईगोरु कसले पठायो



दैलेख । सुर्खेतमा भीरबाट खसालिएका गाई दैलेखमा कसैले पनि नमगाएको खुलेको छ। नेपालगन्ज उपमहानगरपालिकाले छाडा चौपाया दैलेखका स्थानीयले मगाएको भन्दै नियनन्त्रणमा लिएर बिहीबार त्यसतर्फ पठाएको थियो। आठ वटा ट्रकमा लोड गरेर लगिएका तीन सय गाईगोरुमध्ये केहीलाई सुर्खेतमा भीरबाट खसालिएको थियो भने केही बेवारिसे छाडिएका थिए।

नेपालगन्ज उपमहानगरपालिकाले ती गाईगोरु दैलेखको धार्मिक स्थल श्रीस्थान मन्दिर क्षेत्रमा लैजान बाँके प्रशासनसँग अनुमति लिएको थियो। प्रशासनको त्यही अनुमतिपत्रका आधारमा गाईगोरु वीरेन्द्रनगरसम्म ल्याइएको थियो।

ती गाई आफूहरूले नमगाएको दैलेखका जनप्रतिनिधि र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले जनाएका छन्। नेपालगन्जबाट पठाइएका गाईगोरु जिल्लामा कसैले पनि किनेको वा मगाएको नपाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले पुष्टि गरे। मन्दिरका महन्तले पनि नेपालगन्जबाट गाईगोरु नमगाएको जनाएका छन्।

दैलेखमा कसैले पनि गाईगोरु नमगाएको भनेपछि घटना थप रहस्यमय बनेको छ। श्रीस्थान मन्दिर व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष केशवराज थापाले आफूहरूले गाई नमगाएको बताए। ‘यहाँ एउटा गाई बाँध्ये ठाउँसमेत छैन’, उनले भने, ‘यहाँ पर्याप्त जंगल छ। त्यतिधेरै गाईगोरु कसले पठायो, हामीलाई जानकारी छैन। यहाँ त कसैले पनि मगाएको थिएन।’

उपमहानगरले बदनाम गरेको उनको भनाइ छ। यस्तै दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले जिल्लाका कुनै पनि स्थानीय तहले गाई नमगाएको बताए। नेपालगन्जबाट रातारात गाई जबरजस्ती श्रीस्थान ल्याएर छोड्न खोजिएको उनको आरोप छ। ‘गाईगोरु दैलेख ल्याउनेबारे कसैले पनि जानकारी वा समन्वय गरेका थिएनन्’ प्रमुख जिल्ला अधिकारी कट्टेलले भने, ‘जिल्लामा कसैले पनि गाई मगाएको देखिएन। कसैले किनेको जानकारी पनि हामीसँग छैन।’

श्रीस्थान मन्दिरका महन्त गोकर्णनाथ योगीले आफूहरूले गाई नमगाएको भन्दै पवित्र क्षेत्रको बदनाम गर्न खोजिएको बताए। यस्तै भैरवी गाउँपालिकाले पनि गाई नमगाइएको स्पष्ट पारेको छ।

गौहत्याको छानबिन गर्न समिति

काठमाडौं गृह मन्त्रालयले गौहत्याको छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रालयले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिलाई घटना छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी तोकिएको छ।

‘गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई कानुनबमोजिम हदैसम्मको कारबाही गरिने र कुनै पनि किसिमको उन्मुक्ति नदिइने मन्त्रालय प्रतिबद्ध छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ। यस्तै घटना छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयले एसपी भोला रावलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। यो समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।

सुर्खेतमा दबाबमूलक र्‍याली

गौहत्याको विरोधमा सुर्खेतमा शनिबार दबाबमूलक र्‍याली निकालिएको छ। गौहत्यामा संलग्नलाई कारबाही माग गर्दै स्थानीयले वीरेन्द्रनगरमा र्‍याली निकालेर घटना छानबिन गर्न माग गरेका हुन्।

सुर्खेत उद्योग वाणिज्य संघअन्तर्गतको इलेक्ट्रोनिक्स वस्तुगत समितिको नेतृत्वमा भएको कार्यक्रममा सहभागीहरूले घटनाको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन्।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।