१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङमा बसको ठक्करबाट जेष्ठ नागरिकको मृत्यु



अ+ अ-
फाइल फाटो

काठमाडौं । मोरङमा बसको ठक्करबाट सोमबार विहान एकजना जेष्ठ नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिका–६ की ८० वर्षीया नन्दकुमारी राई रहेका छन् ।

विहान साढे ७ बजेतिर ना२ख ५२२७ नम्बरको बसबाट ओर्लिएर बाटो काट्ने क्रममा मिक्लाजुङ गाउँपालिका–७ मधुमल्लामा सोही बसले राईलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी राईको उपचारका क्रममा साढे ८ बजे उर्लाबारीस्थित अरनीको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन् ।