१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ बजारबाट पाँच जुवाडे पक्राउ



अ+ अ-

गलकोट । बागलुङ जिल्ला प्रहरी कार्यालयले आइतबार बागलुङ बजारबाट जुवा खेलिरहका पाँच जुवाडे पक्राउ गर्नाका साथै उनीहरूको साथबाट रु ७२ हजार बरामद गरेको छ ।

बागलुङ नगरपालिका–२ श्रीनगरटोलस्थित सुरज बोगटीको घरको भुइँतला भाडामा लिई बस्ने झापा विर्तामोड नगरपालिका–२ का हरिप्रसाद खतिवडाले जुवातास खेलाइरहेको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खतिवडासहित कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१० घर भई हाल श्रीनगरटोल डेरा गरी बस्ने डबल भुल, सिन्धुली कमलामाई नगरपालिका–४ हाल उपल्लाचौर बस्ने विकास राई, पाँचथर जिल्ला तुम्भिया गाउँपालिका–९ घर भई श्रीनगरटोल बस्ने विष्णु राई र हाल रुद्रेपिपल बस्ने म्याग्दी जिल्लास्थित बेनी नगरपालिका–१का मित्रलाल जैसी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बागलुङ सदरमुकाम र यसको आसपासमा निकै लामो समयपछि पक्राउ परेका जुवाडेलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।