७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ बजारबाट पाँच जुवाडे पक्राउ



अ+ अ-

गलकोट । बागलुङ जिल्ला प्रहरी कार्यालयले आइतबार बागलुङ बजारबाट जुवा खेलिरहका पाँच जुवाडे पक्राउ गर्नाका साथै उनीहरूको साथबाट रु ७२ हजार बरामद गरेको छ ।

बागलुङ नगरपालिका–२ श्रीनगरटोलस्थित सुरज बोगटीको घरको भुइँतला भाडामा लिई बस्ने झापा विर्तामोड नगरपालिका–२ का हरिप्रसाद खतिवडाले जुवातास खेलाइरहेको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खतिवडासहित कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१० घर भई हाल श्रीनगरटोल डेरा गरी बस्ने डबल भुल, सिन्धुली कमलामाई नगरपालिका–४ हाल उपल्लाचौर बस्ने विकास राई, पाँचथर जिल्ला तुम्भिया गाउँपालिका–९ घर भई श्रीनगरटोल बस्ने विष्णु राई र हाल रुद्रेपिपल बस्ने म्याग्दी जिल्लास्थित बेनी नगरपालिका–१का मित्रलाल जैसी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बागलुङ सदरमुकाम र यसको आसपासमा निकै लामो समयपछि पक्राउ परेका जुवाडेलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।