१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा दुई पुरुषको शव फेला



अ+ अ-

चितवन । चितवनको छुट्टछुट्टै स्थानमा दुई पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका–२ आँपटारीमा अन्दाजी २७ वर्षका एक युवाको शव सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सनाखत हुन नसकेका घाइते अवस्थामा भेटिएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

यस्तै आइतबार पूर्वी चितवनको कालिका नगरपालिका र रत्ननगर नगरपालिकाको सिमानामा पर्ने नमस्तेचोकमा एक पुरुषको शव फेला परेको छ । सनाखत हुन नसकेका अन्दाजी ६५ वर्षीय वृद्धको शव फेला परेको प्रहरीले जनाएको छ ।

दुवै शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।