रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीको बाढी र आठविसकोटको पहिरोमा परी सोमबार दुई जनाको मृत्यु भएको छ।
चौरजहारीको बाढीमा परी मृत्यु हुनेमा सल्यानका ५० वर्षे ठोके वली र आठविसकोटको पहिरोमा मृत्यु हुनेमा १६ वर्षिया कमला केसी रहेको रुकुम पश्चिमका इन्सपेक्टर कविराज रोकायाले जानकारी दिए।
इन्सपेक्टर रोकायाका अनुसार टिउसन पढेर फर्कंदै गर्दा १६ वर्षिया कमला पहिरोमा परेकी हुन्।