२६ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : शिक्षा क्षेत्रको पुनरुत्थानमा सवा २ अर्बभन्दा बढी लाग्ने एमाले संगठन पुनर्गठनसम्बन्धी कार्यदलमा दुई प्रतिवेदन, दुईदिन अध्ययन गरेर एउटै बनाईने बाढीपछि स्वास्थ्य क्षेत्रको आवश्यकता र पुनःस्थापनाबारे विस्तृत मूल्याङ्कन गरिँदै अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन बाढी प्रभावितका लागि ‘भिल’ले गर्‍यो १ करोड रुपैयाँ सहयोग ३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही… बैंक सञ्चालक, पदाधिकारी र कर्मचारीमाथिको सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही गरोस्ः एमाले सांसद बराल



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)की सांसद एशुदाकुमारी बरालले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबाट आफूलाई बलात्कार गर्ने तथा ज्यान मार्ने धम्की आएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद बरालले रसुवा बाढीपीडितको शीघ्र उद्धार गर्न माग गरेकै कारण आफू साइबर बुलिङको सिकार भएको बताउनुभयो । आफूलाई बलात्कार गरी मारिदिने धम्कीसहितका हजारौँ सन्देश आएको उहाँको दाबी छ ।

उहाँले महिलामाथि सामाजिक सञ्जालमार्फत गालीगलौज तथा धम्की दिने कार्यमा संलग्नलाई तत्काल कारबाही गर्न सरकारसँग माग गर्नुभयो । सामाजिक सञ्जालमा रास्वपाको चुनाव चिह्न ‘घण्टी’को तस्बिर राखेर गालीगलौज गर्ने गतिविधि भइरहेको भन्दै उहाँले त्यस्ता गतिविधि नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद बरालले विपद्का कारण बाढी प्रभावित महिला, सुत्केरी तथा अन्य पीडितले भोगिरहेको समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । सडकमा नै महिला सुत्केरी हुनुपर्ने, खाना नपाएर तथा ग्यासको अभावका कारण मानिसले आत्महत्यासम्म गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै उहाँले सरकारको नीति र व्यवस्थापनप्रति प्रश्न उठाउनुभयो ।

उहाँले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै भन्नुभयो, ‘सडकमा महिला सुत्केरी हुनुपर्ने, खाना नपाएर सुत्केरी महिलाले हाम फाल्नुपर्ने र शरीरमा आगो लगाउनुपर्ने अवस्था सरकारको नीति हो र ?’

रसुवा बाढीपीडितको उद्धार छिटो हुनुपर्छ भनेर आवाज उठाउँदा आफू नै साइबर बुलिङको सिकार हुनुपरेको भन्दै उहाँले महिलामाथि गालीगलौज र धम्की दिनेहरूलाई तत्काल कारबाही गर्न माग गर्नुभयो ।

सांसद बरालले सामाजिक सञ्जालको दुरुपयोग गरी धम्की तथा अपमानजनक गतिविधि गर्नेहरूलाई कानुनी दायरामा ल्याउन सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।