१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर

प्रदेश प्रमुखले लोक सेवा आयोग विद्येयक प्रमाणिकरण गरे

प्रदेश प्रमुखले लोक सेवा आयोग विद्येयक प्रमाणिकरण गरे
अ अ+ अ-

विराटनगर । प्रदेश न.१ का प्रदेश प्रमुख प्रा.डा. गोविन्द बहादुर तुम्बाहाडले प्रदेश लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक मंगलवार .प्रमाणिकरण गरेका छन ।

प्रदेश सभाको भदौ १० मा बसेको ४० औ बैठकले यो विद्येयक सर्वसम्मत पारित गरेको हो । विद्येयक प्रमाणिकरणसँगै प्रदेश सरकारलाई आयोगको अध्यक्ष र सदस्य नियुक्ती गर्ने बाटो खुल्ला भएको छ । नेपालको संविद्यानको धारा २०१ को उपधारा (२) बमोजिक प्रदेश प्रमुखले विद्येयक प्रमाणिकरण गरेको प्रदेश प्रमुखका प्रेस सल्लाहाकार शेखर रेग्मीले बताए ।

प्रदेश सभाबाट पारित भई प्रमाणिकरणका आएका विद्येयकको संख्या ३७ पुगेको छ । प्रदेश लोक सेवा आयोगलाई प्रदेश निजामति , प्रदेश प्रहरी , प्रदेश संगठित संस्था , प्रदेश अन्य सरकारी सेवा , स्थानीय सरकारी सेवा र स्थानीय तहको संगठित संस्थाको विज्ञापन गरि कर्मचारी पदपूर्ती गर्ने अधिकार दिएको छ । आयोग गठन गर्दा १ अध्यक्ष र २ सदस्यको प्रावद्यान राखिएको छ । पदाधिकारी चयन गर्दा समावेशी सिद्धान्तको आधारमा कम्तिमा १ महिला अनिवार्य हुनुपर्ने विद्येयकमा उल्लेख छ ।

अध्यक्ष र सदस्यलाई मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश सभाका सभामुख र विपक्षी दलका नेता रहेको सिफारिस समितिले पठाएको नाम प्रदेश प्रमुखले नियुक्ती गर्ने व्यवस्था छ । सवै पदाधिकारीको कार्यकाल ६ बर्षको रहने छ । प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायधीशले अध्यक्ष सहित सदस्यलाई सपथ ग्रहण गराउने प्रावद्यान छ ।

आयोगका पदाधिकारीले राजिनामा दिए, ६५ बर्ष उमेर पुरा भए , मृत्यु भए , अस्वस्थ्य भए र अन्य प्रचलित कानून बमोजिम अयोग्य ठहरिएमा प्रदेश प्रमुखले बर्खास्त गर्ने व्यवस्था विद्येयकमा उल्लेख छ ।

अध्यक्षलाई पारिश्रमिक ६० हजार ६ सय ८० , टेलिफोन र पत्रपत्रिका खर्च २ हजार ५ सय , इन्धन १ सय लीटर , मोविल त्रैमासिक १० लीटर , चाडवाड खर्च १ महिनाको पारिश्रमिक बराबर , चारपाग्रे गाडी ,दैनिक भ्रमण भत्ता २ हजार ५ सय र विमा यात्रा २ लाख रहेको छ । यस्तै सदस्यलाई पारिश्रमिक ४७ हजार ३ सय ८० , पन्ध्र किलो मिटर भित्र आवास नहुनेलाई आवास खर्च बापत १५ हजार , घरमा बस्ने सदस्य र सरसफाईका लागी मासिक ४० हजार , विजुली , धारा पानीको लागी २ हजार , इन्धन ८० लीटर , चाडवाड खर्च १ महिनाको पारिश्रमिक बराबर , चारपाग्रे साधन , दैनिक भ्रमण भत्ता २ हजार र यात्रा विमा २ लाख रहेको छ ।