२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह



अ+ अ-

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव रोकिएपछि गाउँपालिकाले सतर्कताका लागि अपिल गरेको छ ।

आज साँझ ६ः३० बजेदेखि खोला थुनिएन पानीको बहाव अवरुद्ध भएको सूचना स्थानीयबाट प्राप्त भएपछि आफूहरू वीरेठाँटी जाँदै गरेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो । पहिरो वा अन्य के कारणले कुन स्थानमा खोला थुनिएको भन्ने एकिन हुन नसकेको उहाँले बताउनुभयो ।

“दुई घण्टादेखि खोला थुनिएर पानीको बहाव अवरुद्ध भएको खबर आएकाले म वीरेठाँटी हिँडेको छ । किम्रोङखोला एवं मोदीखोला तटीय क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाइ दिदिबहिनीहरूलाई विशेष सतर्कता अपाउन आग्रह गरेका छौँ”, अध्यक्ष केसीले भन्नुभयो ।

किम्रोङखोला मोदी नदीमा आएर मिसिने भएकाले कास्की र पर्वतको नदी तटीय क्षेत्रहरू वीरेठाँटी, नयाँपुल लगायतका क्षेत्रमा उच्च सतर्ककताका लागि गाउँपालिकाले अपिल गरेको छ ।

किम्रुङ खोलामा गत असार २८ गते पनि एक्कासी बाढी आएको थियो । सो बाढीले पुल बगाएको थियो भने होटलमा क्षति पुगेको थियो । रासस