२३ भाद्र २०८३, मंगलवार
,
Latest
हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी सहिद योगेन्द्रको च्याकुटारमा शालिक अनावरण



अ+ अ-

काठमाडौँ। देशका सुशासन प्रवर्द्धन र भ्रष्टाचार विरुद्ध नवपुस्ताको आह्वानमा गत वर्षको भदौ २३ गते नयाँ बानेश्वरमा भएकोे जेनजी आन्दोलनका सहिद योगेन्द्र न्यौपाने (रोशन)को शालिक अनावरण गरिएको छ ।

उहाँको जन्मथलो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ च्याकुटारवेसीस्थित सुनकोशी किनारको उकास जग्गामा निर्माण गरिएको शालिकको गाउँपालिका अध्यक्ष शङ्करराज बराल र उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानले आज अनावरण गर्नुभएको हो । सोही कार्यक्रममा त्यहाँ निर्माण गरिएको सहिद स्मृति पार्कको उद्घाटन गरियो ।

सिन्धुली स्थायी घर भई भक्तपुरको चाँगुुनारायण नगरपालिका–१ दुवाकोट बस्दै आउनुभएका रोशनको मुलुकको आवश्यकता र आम जनताको मागलाई कार्यान्वयन गर्न दबाब सिर्जना गर्न नवपुस्ताद्वारा नयाँ बानेश्वरमा आयोजित आन्दोलनमा सहभागी हुँदा गोली लागि निधन भएको थियो । गोलञ्जोरकै स्थानीय प्राथमिक विद्यालयका शिक्षक एवं रोशनका पिता युवराज न्यौपाने सुरु गर्नुभएको शालिक र स्मृति पार्क निर्माणमा पालिकाले रु पाँच लाख सहयोग उपलब्ध गराएको थियो ।

सरकारले उक्त आन्दोलनका क्रममा नवपुस्ताबाट भएको बलिदानीको कदर गर्दै आज सार्वजनिक बिदासहित जेनजी सहिद दिवस मनाएको छ । रासस