२३ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङ्गेरीद्वारा १० रूसी कूटनीतिज्ञलाई देश छोड्न आदेश



अ+ अ-

बुडापेस्ट। हङ्गेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य मानिएका गतिविधिमा सङ्लग्न भएको आरोपमा रुसी कूटनीतिक नियोगका १० सदस्यलाई देश छोड्न आदेश दिएको छ । विदेशमन्त्री अनिता ओर्बानले मङ्गलबार यसबारे जानकारी दिनुभएको हो ।

विदेशमन्त्री ओर्बानले रुसी कूटनीतिज्ञले कस्ता गतिविधि गरेका थिए भन्नेबारे विस्तृत जानकारी दिनुभएन् । उनीहरूले कति समयभित्र हङ्गेरी छोड्नुपर्ने हो भन्ने पनि स्पष्ट पारिएको छैन । उहाँका अनुसार रुसी राजदूतलाई हङ्गेरीका अधिकारीको मूल्याङ्कन अनुसार रुसी नियोगका १० सदस्यले हङ्गेरीमा कूटनीतिक सम्बन्ध सम्बन्धी भियना महासन्धि अन्तर्गत कूटनीतिज्ञका लागि अस्वीकार्य गतिविधि गरेको जानकारी दिइएको थियो ।

भियना महासन्धिले कूटनीतिज्ञको आचरण, अधिकार र जिम्मेवारी सम्बन्धी अन्तर्राष्ट्रिय नियम निर्धारण गर्छ । विदेशमन्त्रीले यो निर्णयले हङ्गेरीको सुरक्षा र सार्वभौमिकताको रक्षा गर्ने बताउनुभयो । यद्यपि, यसबाट रूससँगको कूटनीतिक सम्बन्ध तोड्ने सङ्केत नरहेको उहाँले स्पष्ट पार्नुभयो । “यसले रूससँग कूटनीतिक सम्बन्ध तोड्ने सङ्केत गर्दैन । हङ्गेरी पारस्परिक सम्मान र नियमको पालनामा आधारित आवश्यक संवाद जारी राख्न चाहन्छ,” उहाँले विज्ञप्तिमा भन्नुभयो ।

यो कदम प्रधानमन्त्री पिटर मग्यार नेतृत्वको सरकारको रूस सम्बन्धी नीतिमा आएको परिवर्तनका रूपमा हेरिएको छ । मग्यारले यस वर्षको सुरुमा पदभार ग्रहण गर्दा हङ्गेरीको रूस समर्थक नीति अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । यस अघिका प्रधानमन्त्री भिक्टर ओर्बानलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगीका रूपमा हेरिन्थ्यो ।

उहाँको कार्यकालमा हङ्गेरीले रूसमाथि युरोपेली सङ्घले लगाएका केही प्रतिबन्धलाई ढिलाइ गर्ने वा अवरुद्ध गर्ने प्रयास गरेको थियो । साथै, रूससँग ऊर्जा सहकार्य सम्बन्धी विभिन्न सम्झौतालाई पनि अघि बढाइएको थियो । रासस/एपी