२३ भाद्र २०८३, मंगलवार
,
Latest
हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु



अ+ अ-

काठमाडौं । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु भएको छ ।

पहिरोमा परी दाङको तुलसीपुरस्थित ग्रेट अरनीको इग्लिस सेकेन्डरी स्कुलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी मदन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताउनुभयो ।

बिदाको दिन सल्यान त्रिवेणी गाउँपालिका–३ स्थित घरमा जाने क्रममा सोमबार रातिको पहिरोमा परी निजको निधन भएको थियो ।

प्रहरीका अनुसार पहिरोमा परी गम्भीर घाइते भएका पुनलाई स्थानीय उपचारका लागि सुर्खेत लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । सोही पहिरोमा परी त्रिवेणी गाउँपालिका–३ कै १८ वर्षीय सुनिल थापासमेत घाइते भएका छन् । उहाँको बायाँ हात र खुट्टामा चोट लागेकाले स्थानीय कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा उपचार भइरहेको छ ।