२३ भाद्र २०८३, मंगलवार
,
Latest
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य



KLANG, MALAYSIA – SEP 06: Pictures from the match between Nepal and Saudi Arabia held at the Bayuemas Oval on September 06, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
अ+ अ-

काठमाडौं । बाबर हायातको उत्कृष्ट ब्याटिङमा हङकङले एसिसी प्रिमियर कपमा नेपाललाई जितको लागि २६२ रनको लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभल मैदानमा जारी खेलमा हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रनको योगफल बनायो ।

हङकङका लागि बाबर हायातले शतक प्रहार गरे । उनले १२६ बलमा ७ चौका र ७ छक्काको सहयोगमा अविजित ११७ रन बनाएका हुन ।

त्यस्तै शाहिद वासिफले ४५ रन बनाउदा एहसान खान ३५ रनमा अबिजित रहे । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए भने शेर मल्लले तीन विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।