१० भाद्र २०८३, बुधबार
,
Latest
एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा साथी-साथीबीच ग्याङ फाईट, एक जनाको मृत्यु



अ+ अ-

काठमाडौं । काठमाडौँको कपनमा साथी–साथीबीच एकापसमा झगडा हुँदा एकको मृत्यु भएको छ । बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगरमा मङ्गलबार राति दुई साथी–साथीबीच एकापसमा झगडा हुँदा खोटाङका सञ्जय राईको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले झगडामा गम्भीर घाइते राईको हेल्पिङ हेण्डस् अस्पताल लगिएकामा उक्त स्थानमा उपचार हुन नसकेपछि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको जानकारी दिनुभयो ।

हत्यामा सङ्लग्न सङखुवासभाका प्रेम राई र सुशाङ्क राईलाई प्रहरीले आज बिहान कपनबाट पक्राउ गरेको छ । तीनै जना कपन क्षेत्रमा घरमा टायल, मार्बल हाल्ने काम गर्ने गरेका र एकापसमा विवाद भएपछि ढुङ्गाले हानेर राईको हत्या गरिएको चन्दले बताउनुभयो ।