१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

क्रिप्टोकरेन्सीले अमेरिकी डलरलाई विस्थापित गर्न सक्ला ?

क्रिप्टोकरेन्सीले अमेरिकी डलरलाई विस्थापित गर्न सक्ला ?
अ अ+ अ-

लन्डन । बैङ्क अफ इङल्यान्डका गभर्नर मार्क कार्नीले फेसबुकको लिब्राजस्तै क्रिप्टोकरेन्सीले एक दिन विदेशी विनिमय बजारमा अमेरिकी डलरको एकल साम्राज्य ढाल्न सक्ने चेतावनी दिएका छन् । कार्नीले हालै केन्द्रीय बैङ्करहरूको ज्याक्सन होल सिम्पोजियममा अमेरिकी डलरको विश्वव्यापी आधिपत्य जोगाउन केही सुझावहरु दिए ।

यहाँ किन अमेरिकी हरियो नोटले आफ्नो चमक गुमाउँदैछ र कार्नीको नयाँ डिजिटल मुद्रासम्बन्धी दृष्टिकोण के हो भन्नेबारे संक्षिप्त आँकलन गरिएको छ । कार्नीको नयाँ डिजिटल मुद्रासम्बन्धी दृष्टिकोणलाई विश्वका प्रमुख केन्द्रीय बैङ्कहरूले समर्थन गर्ने विश्वास गरिएको छ ।

डलरको वर्चस्व किन ?

सन् १९४४ को ब्रेटन वुड्स सम्झौतापछि अमेरिकी डलरलाई विश्वकै सन्दर्भ मुद्राका रुपमा लिँइदै आएको छ, र त्यतिबेला विभिन्न प्रमुख एकाईहरुलाई हरियो नोटसँग सामान्जस्य बनाइएको थियो । त्यसयता, संयुक्तराज्य अमेरिकाको आर्थिक र राजनीतिक शक्तिका कारण डलरले विश्वव्यापी वर्चस्वलाई कायमै राखेको छ ।

“प्रमुख मुद्राले सधैँ विश्वको सबैभन्दा ठूलो राजनीतिक शक्तिको मान्यता हासिल गरेको हुन्छ,”, ओस्ट्रम एसेट म्यानेजमेन्टका अनुसन्धान प्रमुख फिलिप विच्टरले उल्लेख गरे ।

अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०१९ को पहिलो त्रैमासिकमा विश्वव्यापी विदेशी विनिमय सञ्चितिको करिब ६२ प्रतिशत हिस्सा डलरको थियो ।

युरोपेलीको एकल मुद्रा यूरोको २०।२ प्रतिशतसहित दोस्रो स्थानमा थियो । जबकि अमेरिकापछि विश्वको दोस्रो सर्वाधिक ठूलो अर्थतन्त्रको रूपमा उदय भएपनि चिनियाँ युआनले दुई प्रतिशतमात्र हिस्सा ओगटेको छ ।

हरियो नोटको आकर्षण किन खस्कदैछ ?

विश्वव्यापीकरण र परिवर्तित विश्व अर्थव्यवस्थाका कारण अमेरिकी डलरले आफ्नो चमक गुमाएको देखिए पनि डलरको व्यापक स्वीकार्यताले अझै पनि विश्व अर्थतन्त्रलाई प्रभावित तुल्याइरहेकै छ ।

“व्यापार र अमेरिकी अर्थतन्त्रसँग सापेक्षित रुपमा सीमित प्रत्यक्ष जोखिमबाट मुलुकहरुको वित्तीय अवस्था दुवैमा अमेरिकी विकासले अत्यावश्यकीय प्रभाव सिर्जना गरिरहेको छ,” वाओमिङमा हालै बैङ्करहरूसँगको भेटमा कार्नीले भन्नुभयो ।

जब डलरको अधिमूल्यन हुन्छ, जसबाट कयौँ उदीयमान मुलुकहरूको पुनर्भुक्तानीमा पनि अधिमूल्यन हुन्छ किनभने ती मुलुकहरूले डलरमै ऋण भुक्तानी गर्नु पर्दछ ।

सन् २०२० को जनवरीबाट पदमुक्त हुन लाग्नुभएका गभर्नर कार्नीले भने, “पछि गएर हामीले यो खेललाई बदल्नै पर्दछ ।”

केन्द्रीय बैङ्कको भूमिका?

कार्नीका अनुसार केन्द्रीय बैङ्कको रूपमा सरकारले नयाँ भर्चुअल मुद्राका लागि सर्वोत्कृष्ट व्यवस्था गर्नुको विकल्प छैन । “सार्वजनिक क्षेत्र सम्भवतः केन्द्रीय बैङ्कहरुको सञ्जाल मार्फत डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) लाई खुला प्रचलनमा ल्याउन सक्लान् त भन्ने यो एउटा खुला प्रश्न हो”, कार्नीले भने ।

फेरि पनि केन्द्रीय बैङ्करहरू र विश्वका नेताहरू क्रिप्टोकरेन्सीको वर्तमान खेतीप्रति चिन्तित रहेका छन् किनकी तिनीहरू अवैध र अनियन्त्रित छन् ।

डलरजत्तिको भरपर्दो नभएको र कुनै स्थायी वा निर्भरता नभएकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैँले बिटकोइन र फेसबुकले चलनचल्तीमा ल्याउन खोजेको लिब्राको आलोचना गरेका छन् ।

विश्वको प्रमुख सञ्चित मुद्राको रूपमा विश्वभर बर्चश्व कायम राखेको हरियो नोटको प्रतिष्ठा र लोकप्रियता खस्कियोस् भन्नेमा अमेरिका पक्कै छैन । विश्वका प्रबुद्ध टिप्पणीकारहरु अमेरिकाले डलरको बर्चश्व जोगाउन भरमग्दुर प्रयत्न गर्नेमा विश्वस्त छन् ।

“कुनै लडाइँबेगर अमेरिकाले यस्तो गर्ने अनुमति अरुलाई दिने छैन । कोही पनि अहिल्यै अमेरिकासँग लड्न इच्छुक देखिँदैन,” राबोबैङ्कका विश्लेषकहरूले बताए ।

लिब्राको भविष्य के हुनेछ ?

गभर्नर कार्नीले जुन महिनामा सामाजिक सञ्जाल फेसबुकले सार्वजनिक गरेको लिब्रा नामको क्रिप्टोकरेन्सीको उदाहरण दिनुभयो । कार्नीले बिटकोइनका बारेमा केही भन्नु भएन । समकालीन विश्वमा यो सबैभन्दा लोकप्रिय डिजिटल मुद्रा हो तर यसमाथि विश्वासको संकट छ ।

सन् २०२० को पहिलो छ महिनामा प्रयोगमा ल्याउने उद्देश्य रहेको लिब्रालाई बिटकोइन र अन्य भर्चुअल मुद्राजस्तै अनियन्त्रित घटबढबाट बचाउन जरुरी छ । यहाँ विश्व बजारमा लिब्राको प्रवेशले केन्द्रीय बैङ्कहरूको भूमिकालाई पुनः आकर्षित गरेको छ ।

“केन्द्रीय बैङ्कहरू परिवत्र्य मुद्रालाई निजीकरण गर्ने फेसबुकको प्रयासबाट केही क्रुद्ध बनेका छन्”, पेरिस स्कूल अफ इकोनमिक्सका अनुसन्धाता एग्नेस बेनासी–क्वेरले भने ।

लिब्रा फेसबुकसहित १०० साझेदार फर्महरूद्वारा सह–व्यवस्थित हुनेछ जबकि बिटकोइन पूर्ण रुपमा विकेन्द्रीत छ ।