१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर

ग्लोबल आइएमईमा गाभियाे हाथवे, एकीकृत कारोबार सुरू

ग्लोबल आइएमईमा गाभियाे हाथवे, एकीकृत कारोबार सुरू
अ अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी बुधबारदेखि एकिकृत वित्तीय कारोबार सुरु गरेको छ ।

धरानमा आज आयोजित एक समारोहमा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले एकिकृत वित्तीय कारोबारको औपचारिक सुभारम्भ गरेकी हुन्। कार्यक्रममा बोल्दै मेयर भण्डारीले बैंकहरु एकिकृत भई सबल हुँदा मुलुकको आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने बताइन् ।बैंक मर्जरमा गएर व्यवस्थित र बलियो बन्दै देशभर शाखा विस्तार हुँदा जनतालाई वित्तीय कारोबार गर्न सहज हुने बताउँदै उनले यसलाई सकारात्मक रुपमा लिन आग्रह गरिन्।

नेपाल राष्ट्र बैंक, क्षेत्रीय कार्यालय, विराटनगरका निर्देशक रोशन कुमार सिग्देलले बैंकहरु जनताको पूँजीबाट सञ्चालन हुने भएकाले जनताको पूँजीको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे । उनले बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्विजिशनले जनताको पूँजीलाई सदुपयोग गर्दै आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरे । उनले वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशनमा जाँदा कर्मचारीको काम गर्ने शैली तथा वातावरण फरक पर्ने हुनाले कर्मचारी व्यवस्थापन लगायतका पक्षहरुमा विशेष ध्यान दिनुपर्ने बताए ।

यता ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर तथा एक्विजिशनका माध्यमबाट सबल र सक्षम वित्तीय संस्था बनाउने नीति अनुरुप ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति (एक्विजिशन) गरेको बताए । उनले बैंकले विभिन्न समयमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर तथा एक्विजिशन गर्दै बैंक सबल बन्दै अगाडि बढ्दै गइरहेको र हालै मात्र जनता बैंक नेपाल लि. सँग मर्जरको समझदारी पत्रमा हस्ताक्षर भई मर्जरलाई छिटो भन्दा छिटो सम्पन्न गराउन लागिरहेको बताए ।

यस्तै हाथवे फाइनान्स कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेलले प्राप्ति पश्चात शेयर होल्डर तथा कर्मचारीले उचित सम्मान पाउने जानकारी गराए । हाथवे फाइनान्सको प्राप्ति पछि ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ पुगेको छ । यसका अतिरिक्त बैंकको शाखा सञ्जाल १४५, कूल निक्षेप रु. १२७ अर्ब भन्दा बढी, कूल कर्जा रु. ११९ अर्ब भन्दा बढी पुग्नेछ भने ग्राहक संख्या ११ लाख भन्दा बढी पुगेको छ ।

हाल बैंकले १४८ एटीएम, १८५ शाखारहित बैंकिङ्ग सेवा, ३० वटा राजश्व संकलन तथा एक्टेन्सन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।