१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर

नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन माग

नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन माग
अ अ+ अ-

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीको सिङ्गापुरमा भइरहेको उपचार, कृषि ऋण, गौहत्या, प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको ढिलाइ, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, शान्तिसुरक्षा, संविधान संशोधन, स्वास्थ्य सेवामा बेथिति र एनसेल करसम्बन्धी विषयले प्रवेश पाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा नेकपाका प्रभु साहले कृषकलाई ऋणको अधिकार छ कि छैन भनी प्रश्न गर्दै बैँकहरुलाई कृषि ऋण प्रवाह प्रतिशत बढाउने नीति बनाउन सरकारलाई सुझाव दिए ।

उनले भने, ‘साहु महाजनबाट खुलेआममा भइरहेको मिटर ब्याजबाट सर्वसाधारण ठूलो मारमा परेका छन्, कृषिमा आधुनिकरण नभई मुलुकले समृद्धि हासिल गर्न सक्दैन, कृषि ऋण वास्तविक किसानले पाउन सकेका छैनन्, बैंकमा निक्षेप र कर्जा प्रवाहबीच ठूलो अन्तर छ, निक्षेपका आधारमा कर्जा प्रवाह गरेर निष्किय पूँजीलाई सक्रिय तुल्याइयोस् ।’

नेपाली काङ्ग्रेसका डिला सङ्ग्रौलाले दैलेखमा भीरबाट लडाएर गौहत्या गरी चरम क्रूरता प्रदर्शन गर्ने कार्यमा संलग्न अपराधीलाई हदैसम्मको सजाय दिलाउन सरकारसँग माग गरिन् । उनले भनिन्, ‘गाई नेपालको राष्ट्रिय जनावर मात्रै नभई धर्म, संस्कृति, परम्परा र विश्वासको प्रतीकका रुपमा रहेको हुँदा दैलेखको घटना जघन्य अपराध भएकाले निन्दनीय छ, नियोजित ढङ्गले भीरबाट खसाल्ने काम भएको छ, घटनाको छानबिन गरेर सत्यतथ्य सार्वजनिक गर्न तथा खोटाङमा तलब दिएर कुकुर मार्ने कार्य रोकेर पशु अधिकारवादीको कुरा सरकारले सुन्नुपर्छ ।’


काङ्ग्रेसकै देवेन्द्रराज कँडेलले मानवीय संवेदनशीलता विपरीत दैलेखमा गरिएको गौहत्यालाई जघन्य अपराध भएको संज्ञा दिँदै त्यसमा संलग्नलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न माग गरे ।

राष्ट्रिय जनता पार्टी नेपालका महेन्द्र यादवले आफ्नो दल निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्नेमा दृढ र प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले भने, ‘कुनै दल वा अरु विषयलाई देखाएर विमानस्थल सार्ने काम नहोस्, तर त्यहाँ रहेको महत्वपूर्ण वन नै सखाप पार्ने गरी होइन, कम क्षति हुने गरी अन्त्यन्त न्यून रुख कटान होस् । वातावरण संरक्षणमा सबैको चासो र ध्यान जाओस् ।’

समाजवादी पार्टी नेपालकी रेणुकुमारी यादवले सदनमा संविधान सशोधन, नागरिकता, अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि र भ्रष्टाचारका कुरा उठे पनि सरकारले त्यसलाई बेवास्ता गरेको भनी आपत्ति प्रकट गरे ।

उनले भने, ‘तरकारीलगायत दैनिक मूल्य वृद्धिका कारण विद्यार्थीलगायत सर्वसाधारण ठूलो महँगीको चपेटामा परेका छन्, वाइड बडी र सुनकाण्डमा संलग्न अपराधी दण्डित नहुँदा शान्ति सुरक्षा कमजोर भएको तथा सुरक्षा निकाय दल विशेषको भ्रातृ सङ्गठनको रुपमा काम गरिरहेको स्पष्ट हुन्छ ।’

नेमकिपाका प्रेम सुवालले श्रम, स्वास्थ्य र शिक्षा मन्त्रालयमा बेथिति भएको भन्दै सुधारका लागि माग गरे । नेकपाकी सुजिता शाक्यले लक्ष्मी प्रतिष्ठानले चितवनको राप्ती नगरपालिकाको चेपाङ समुदायमा शिक्षा, स्वास्थ्यलगायत सिर्जनशील काम गरेको भनी प्रशंसा गरे ।

सोही पार्टीका शेरबहादुर तामाङले ठूला करदाता कार्यालयलाई अदालतको आदेशअनुरुप एनसेलको कर छिटो उठाउन सुझाव दिँदै यो विषय फेरि संसद्को छानबिनको विषय बनाउने वातावरण नबनाउन आग्रह गरिन् ।

काङ्ग्रेसका गगनकुमार थापाले सिङ्गापुरमा उपचार गराइरहनुभएका प्रधानमन्त्रीको स्वास्थ्यावस्थाका बारेमा सदनलाई आजसम्म किन जानकारी गराइएन भनी प्रश्न गर्दै नेकपालाई उहाँको कार्याबोझ घटाउन सुझाव दिए ।

उनले भने, ‘कार्यकारी लामो समयसम्म मुलुक बाहिर बस्दा राज्य सञ्चालनमा अप्ठ्यारो हुन्छ, उहाँलाई धपेडी नगर्ने र आराम गर्ने वातावरण दलले गर्नुपर्छ, यो कुरा कसैलाई नराम्रो र व्यक्तिगत लाग्न सक्छ तर व्यक्तिगत होइन, मानवीयतासँग जोडिएको विषय हो ।’ सोही दलका दिलेन्द्रप्रसाद बडूले प्रतिपक्षले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दा किन झस्केको भनी प्रश्न गर्दै मुलुकमा व्याप्त हुँदै गएको भ्रष्टाचार रोक्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

नेकपाकी पूर्णकुमारी सुवेदीले नेपालगञ्ज विमानस्थललाई विस्तार गरी क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्ने विषय अब कार्यान्वयन गर्न आग्रह गरिन् । काङ्ग्रेसका सञ्जयकुमार गौतमले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको भौतिक पूर्वाधार र उपकरणको व्यवस्था भए पनि जनशक्तिको कमी देखाएर लामो समयसम्म सञ्चालनमा नल्याउँदा त्यस क्षेत्रका २५ जिल्लाका सर्वसाधारण उपचारका लागि भारत जानुपर्ने बाध्यता कहिले अन्त्य हुन्छ भनी प्रश्न गरे ।

नेकपाका विरोध खतिवडाले स्थानीयवासीको आवश्यकता विपरीत नीतिनियम बनाउँदा निकुञ्ज वरपरका खोलानालामा माछा मारेर जीविकोपार्जन गर्दै आएका बोटेलाई अन्याय भएको बारे सदनलाई जानकारी गराउँदै काठ मिल सञ्चालन सम्बन्धमा गाउँ र नगरमा किन भिन्न मापदण्ड बनाइएको हो भनी प्रश्न गरे ।

नेकपाकै सूर्य पाठकले सदनमा उठाइएका जनजीविका प्रश्नको सरकारबाट जवाफ दिने व्यवस्था गरियोस् भन्दै कालीगण्डकीमा बालुवा गिट्टीको नाममा हुँदै आएको दोहन रोक्न सदनको ध्यानाकर्षण गराए ।


नेकपाका राजबहादुर बुढाले प्राकृतिक स्रोतले भरिपूर्ण कर्णाली क्षेत्रमा उद्योगी पुग्नुपर्नेमा चोरी तस्करीको बिगबिगी भएका जानकारी गराउँदै कर्णाली क्षेत्रलाई डम्पिङ क्षेत्र नबनाउन सुझाव दिए । नेकपा नवराज रावतले धर्मको संरक्षण गर्ने भनेर गाई नै चुनाव चिन्ह राखेको राप्रपाका कार्यकता मेयर रहेको उपमहानगरपालिकाले किन गाई लखेटेर भिरबाट लडाउने काम ग¥यो भनी प्रश्न गर्दै उक्त घटनामा संलग्नलाई कारवाहीको माग गरे ।

सोही पार्टीकी नवीना लामाले चिकित्सा शास्त्र अध्ययन संस्थानका आन्दोलनमा रहेका विद्यार्थीका माग सुन्न र भरखरै पारित भएको चिकित्सा शिक्षा नीति विपरीत गरेर काम नगर्न विश्वविद्यालयलाई सुझाव दिइन् ।


नेकपाका यज्ञराज सुनुवारले संविधान जारी भएको तीन वर्ष पूरा हुने अवस्थासम्म आइपुग्दा थुप्रै ऐन कानून सके पनि शिक्षा क्षेत्र भने अझै अस्तव्यस्त भएको प्रति चिन्ता व्यक्त गरे । सोही पार्टीका लीलाराज श्रेष्ठले कमला नदीको तटबन्ध भत्कँदा सिरहाका थुप्रै बस्ती डुबान भई करोडौंँको क्षति भएको जानकारी गराउँदै अव बलियो तटबन्ध बनाउन र पीडितलाई सम्बोधन हुने कार्यक्रम घोषणा गर्न माग गरिन् ।

नेकपाकै हितबहादुर तामाङले केही दिनअघिको वर्षाका कारण आएको पहिरो र बाढीबाट नुवाकोटको तादीमा चौपाया, बालीनाली र बस्तीमा असर र क्षति पुगेको हुँदा आवश्यक राहत र सहयोग गर्न आग्रह गरे । सोही पार्टीका राजेन्द्रप्रसाद गौतमले उहिल्यै मस्यौदा गरिएको सार्वजनिक खरीद अनुगमन ऐन तर्जुमा गर्नुको साटो किन पटक पटक संशोधन गरिएको हो भनी प्रश्न समेत गरे ।