२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेल र गौतम किन गए प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुर ?



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार गराएर फर्किने तय भइसके पनि उनलाई भेट्न नेकपाका दुई शीर्ष नेता त्यहीँ पुगेका छन् । मंगलबार महासचिव विष्णु पौडेल सिंगापुर पुगेकोमा बुधबार अर्का नेता सचिवालय सदस्य वामदेव गौतम पनि गएका हुन् ।

‘प्लाज्माफेरेसिस’ पद्धतिमार्फत प्रधानमन्त्रीको शरीरमा देखिएको एन्टीबडी हटाउने सातौं चरणको प्रक्रिया बुधबार पूरा भएको छ । ओली अझै दुई दिन त्यहाँ बसेर स्वदेश फर्किनेछन् । पौडेल र गौतम प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न र औपचारिक रूपमा पार्टीको प्रतिनिधिका रूपमा भेट्न गएको नेताहरूले बताएका छन् ।

गौतम र पौडेल दुवै जना मंगलबार जाने तयारी थियो । तर अन्तिम समयमा गौतमले नजाने भनेका थिए । भोलिपल्टै उनी प्रधानमन्त्रीले बोलाएको भन्दै सिंगापुर लागे । बुधबार बिहान खुमलटारमा भएको भेटमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले गौतमलाई आफैं प्रत्यक्ष गएर अवस्था बुझ्न आग्रह गरेका थिए ।

‘अध्यक्ष ९दाहाल० र उहाँ ९गौतम० बीच भेट भएको थियो, नेताहरू नै त्यहाँ पुग्दा प्रधानमन्त्रीको मनोबल अझ बढ्छ भन्ने भएर उहाहरू सिंगापुर नै भेट्न जाने कुरा भएको हो,’ गौतम निकट केन्द्रीय सदस्य तथा सांसद बलराम बास्कोटाले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्य राम्रो भएको भन्ने छ ।’

नेताद्वयको सिंगापुर भ्रमण प्रधानमन्त्रीको मनोबल बढाउन भनिए पनि केहीले भने फरक रुपमा बुझेका छन् । ओलीले आफ्नो अनुपस्थितिमा अध्यक्ष दहाललाई पार्टीका काम अघि बढाउने अधिकार दिएका थिए । यसबीच एउटा सचिवालय बैठक दाहालकै अध्यक्षतामा बस्यो । उक्त बैठकले पार्टीभित्र अनुशासन पालना गर्ने निर्देशन दियो ।

नेताहरूमाथि अनावश्यक टिप्पणी नगर्ने भन्दै सर्कुलर जारी गर्ने निर्णय पनि भयो । त्यसपछि पनि दाहालले सचिवालयको अर्को बैठक राख्न खोजेका थिए । तर उक्त बैठक वरिष्ठ नेता माधव नेपाल माल्दिभ्स भ्रमणमा रहेकाले पछि बस्ने भन्दै सारियो । यो बीचमा अध्यक्ष दाहालकै हस्ताक्षरमा दोस्रो अन्तरपार्टी निर्देशन जारी भयो । त्यसपछि मंगलबारकै लागि अध्यक्ष दाहालले पुनः सचिवालय बैठक राख्न लागेका थिए ।

बैठकका लागि ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, लेखा परीक्षण आयोगलगायतमा राख्ने व्यक्ति चयन गर्ने पूर्वनिर्धारित एजेन्डा थिए । ती एजेन्डामा छलफल गरेर निर्णयमा पुग्न अध्यक्ष दाहालबाट दबाब हुने ठानेर गौतम र पौडेल त्यो बैठक छल्नकै लागि सिंगापुर गएको एक नेताले बताए ।

‘बैठक राखेपछि कुनै निर्णयमा पुग्नुपर्छ, त्यसका लागि अहिले किन निर्णय गर्ने भन्नेमा उहाहरू हुनुहुन्थ्यो, त्यसैले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न जानुभएको हो,’ महासचिव पौडेलनिकट एक केन्द्रीय नेताले भने, ‘नभए दुई दिनपछि फर्किहाल्ने प्रधानमन्त्रीलाई भेट्न सिंगापुर गइराख्नुपर्ने थिएन ।’ यसअघि ११ दिन सिंगापुर बस्दा शिर्ष नेताहरू भेट्न गएका थिएनन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।