२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवको चन्दा आतंक, नदिएमा आक्रमणको धम्की



अ+ अ-

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बहुराष्ट्रिय तथा वैदेशिक लगानीका कम्पनीलाई भनेअनुसार चन्दा नदिए आक्रमणको धम्की दिएको छ। उक्त दलले बहुराष्ट्रिय कम्पनीलाई धम्कीयुक्त पत्र पठाएर चन्दा मागेको हो।

पार्टी प्रवक्ता प्रकाण्डले केही समयअघि कात्तिक महिनासम्म चल्ने चन्दा संकलन अभियान सघाउन भन्दै विज्ञप्तिमार्फत सार्वजनिक अपिल गरेका थिए। चाडपर्व नजिकिँदै जाँदा चन्दा अभियानले तीव्रता पाएको र चेतावनीयुक्त सन्देश आउन थालेको व्यवसायी बताउँछन्।

‘राष्ट्रिय पुँजी तथा उद्यमी–व्यवसायीहरू एकाधिकार पुँजी, दलाल पुँजीपतिवर्ग र भ्रष्टहरूको निशानामा रहेको’ भन्दै चन्द नेतृत्वको नेकपाले चन्दाको दबाब बढाएको छ। ‘उक्त दलका कार्यकर्ताले तारन्तार धम्कीयुक्त सन्देश पठाइरहेका छन्,’ एक बहुराष्ट्रिय कम्पनीका प्रबन्ध निर्देशकले भने। सरकारले भने विप्लवलाई चन्दा नदिन व्यवसायीलाई आग्रह गरेको छ। सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विप्लवलाई चन्दा नदिन र धम्की आएमा सरकारलाई सूचना दिन आग्रह गरेका छन्। सरकारले व्यवसायीलाई सुरक्षा दिने वचन दिए पनि शृंखलाशद्ध आक्रमण र विस्फोटका घटनाका कारण व्यवसायी त्रस्त छन्।

‘क्रान्ति सम्पन्न गर्न पार्टीलाई क्रियाशील बनाउनुपर्ने भन्दै ठूलै रकम सहयोग माग आएको छ,’ विदेशी बैंकको संयुक्त लगानीका एकजना सञ्चालक भन्छन्, ‘चन्दा दिएको रकम खर्चमा देखाउन मिल्दैन।’ विप्लवका कार्यकर्ताबाट बारम्बार चेतावनीका सन्देश पाएर पनि व्यवसायीले सरकारसँग गुनासो गर्न सकेका छैनन्।

कतिपय व्यवसायी भने चन्दा मागिएको सम्बन्धमा कुरा गर्नै रुचाउँदैनन्। ‘सञ्चारमाध्यममा बोलेर के गर्ने रु भोलि फेरि समस्यामा पार्छन्,’ विदेशी लगानीको एक उद्योगका साझेदारले भने। उनीहरू सरकारलाई गुनासो गर्दा दुवैतिरबाट चेपुवामा पर्ने जोखिम रहेको बताउँछन्। पछिल्ला वर्षमा देशमा भित्रने विदेशी लगानी घटिरहेको छ। भएका लगानीकर्ता पनि असुरक्षित रहेको गुनासो गर्छन्।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।