१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने



अ+ अ-

म्याग्दी। बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको दुखुखोलाको सडक पुल जलविद्युत् आयोजनाको सहयोगमा संरक्षण गरिने भएको छ।

दुखुखोलामा आएको बाढीले पुलको संरचनामा क्षति पुर्‍याएको थियो। पुल भासिने जोखिम बढेपछि बढी तौल भएका सामान बोकेका ठुला गाडी सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले सरकारी प्रक्रियाबाट ढिलाइ हुने भएकाले जलविद्युत् आयोजनाको रु ५० लाख लगानीमा पुल संरक्षणको काम सुरु भएको जानकारी दिए।

“पुलको जोखिमका कारण निर्माण कार्य प्रभावित बनेपछि म्याग्दी नदी बेसिनका जलविद्युत् आयोजनाले साझेदारी गरेर संरक्षणको काम गर्ने सहमति जनाएका छन्”, उनले भने, “पुल संरक्षणको अवधिसम्म ठुला गाडी सञ्चालनको आवश्यक व्यवस्था मिलाउन स्थलगत अध्ययन गरिएको छ।”

पुलको जग मुनिबाट खोला बग्न थालेको र पहुँच मार्ग कटान गरेर साँघुरिएकाले यात्रुवाहक सवारीसाधन र जलविद्युत् आयोजनाका सामग्री बोकेका ठुला ट्रक गुड्ने पुल जुनसुकै बेला भासिएर दुर्घटना हुने जोखिम छ। पुलमा समस्या आए मालिका, धवलागिरि र तमानखोला गाउँपालिकाको बेनीसँग सिधा यातायात सम्पर्क टुट्छ।

कुल ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ३७ मेगावाट क्षमताको अपर म्याग्दी, ५३।५ मेगावाट क्षमताको अपर म्याग्दी–१ तथा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला, १४ मेगावाट क्षमताको मुदीखोला र छ मेगावाटको दरखोला जलविद्युत् आयोजनाले साझेदारीमा पुल मर्मत गर्न सहमति जनाएका छन्।

दुखुखोला पुल र फापरखेतको पहिरोका कारण जलविद्युत् आयोजनामा निर्माण सामग्री र उपकरण ढुवानीमा समस्या भएको छ। सङ्घीयता लागू हुनुअघि तत्कालीन जिल्ला प्राविधिक कार्यालयले २० मिटर लामो र छ मिटर फराकिलो पुल निर्माण गरेको हो। रु दुई करोड छ लाखमा २०७६ सालमा निर्माण सम्पन्न भई सञ्चालनमा रहेको पुल केही दिन पहिलेको बाढीका कारण समस्यामा परेको हो।

मालिकाधुरीको फेदीमा मुहान रहेको दुखु ठाडोखोला हो। पूर्वाधार विकास कार्यालय म्याग्दीले डोजर परिचालन गरेर खोला डाइभर्सन गर्ने र पर्खाल बनाएर पुलको पिलर तथा पहुँच मार्गको अस्थायी संरक्षण गरेको थियो।