१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगरपालिका केन्द्र विवादमा झडप : एकको मृत्यु



अ+ अ-

धनुषा । धनुषाको हंसपुर नगरपालिकामा केन्द्रको बिषयलाई लिएर झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ । स्थानिय ५५ बर्षिय तपेश्वर मण्डलको मृत्यु भएको हो ।

गत साउन २१ गते मेयर रामज्ञान मण्डलले कार्यालय सार्न खोज्दा झडप भएको थियो । सोही झडपमा मेयर पक्षधर र प्रहरीको कुटाइबाट मण्डल घाइते हुँदा जनकपुर अंचल अस्पतालमा भर्ना भएका थिए ।

उपचारकै क्रममा बुधबार साँझ ७:३० बजे मण्डलको मृत्यु भएपछि हंसपुरबाट आएका स्थानीयहरूले जनकपुर अञ्चल अस्पताल मूल गेटमा राति नै प्रदर्शन गरेका छन् ।

उनीहरू कुटपिटमा संलग्न मेयरसहितलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन् । मृतक मंडलको शव अहिले अञ्चल अस्पतालमा राखिएको छ । राति देखी नै अस्पतालमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

मृतक परिवारजनका अनुसार दोषीलाई कारबाही र क्षति पूर्तिको व्यवस्था न गरुन्जेल लास न बुझ्ने बताएका छन् ।