२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका सरकारले आफ्नो व्यापार बिगार्न साइबर आक्रमण गरेको ह्वावेईको आरोप



अ+ अ-

काठमाडौं । विशाल चिनियाँ प्रविधि कम्पनी ह्वावेईले अमेरिका सरकारले आफ्नो व्यापार बिगार्न साइबर आक्रमण गरेको आरोप लगाएको छ।मङ्गलवार ह्वावेईले एउटा विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारीलाई धम्काएको आरोप लगाएको छ।

अमेरिकाले आफ्ना कर्मचारीलाई अवैधानिक रूपमा हिरासतमा राखेको, आन्तरिक सूचना प्रणालीभित्र छिर्न साइबर आक्रमण गरेको र एफबीआईका गुप्तचर कर्मचारीका घरमा पठाएर कम्पनीबारे सूचना सङ्कलन गरेको आरोप विज्ञप्तिमा छ।

ह्वावेईलाई हतोत्साही बनाउन र उद्योग क्षेत्रमा ह्वावेईको नेतृत्व नियन्त्रण गर्न अमेरिका सरकारको हानिकारक प्रयासको हामी निन्दा गर्छौँ, ह्वावेईले भनेको छ।

ह्वावेईले स्मार्टफोन क्यामराको पेटन्ट चोरी गरेको आरोपमा अमेरिका सरकारले अनुसन्धान गरेको भन्दै वाल स्ट्रीट जर्नलमा एउटा विवरण प्रकाशित भएपछि ह्वावेईले सो विज्ञप्ति निकालेको हो।अमेरिका र चीनको शक्ति सङ्घर्षमा ह्वावेई पर्ने गरेको छ।

अमेरिका र चीनको द्वन्द्वमा चेपुवमा परेको सो कम्पनीलाई अमेरिकाले गत वर्ष कालोसूचीमा राखेको थियो।उसले आफ्ना आरोप पुष्टि गर्ने कुनै प्रमाण भने दिएको छैन।ह्वावेईले चीनका लागि जासुसी गर्ने अमेरिकाको दाबी छ। तर सो कम्पनीले भने त्यो आरोपको खण्डन गर्दै आएको छ।