१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलम्पिक कमिटीका प्रतिनिधिलाई २२ गते अदालतमा उपस्थित हुन आदेश



अ+ अ-

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को भोलि (शुक्रबार) हुने भनिएको चुनाव तत्कालको लागि स्थगित भएको छ ।

सर्वोच्च अदालतले गत मंगलबार एनओसीको चुनाव रोक्न अन्तरिम आदेश दिएसँगै भोलि हुने भनिएको चुनाव रोकिएको अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिएका छन् ।

कमल चित्रकारले एनओसीको चुनाव तत्कालको लागि बदर गर्न सर्वोच्च अदालतमा रिट हालेका थिए । न्यायाधीश टंकबहादुर मोक्तानको इजालस तत्काल चुनाव रोक्नु भन्दै दुबै पक्षलाई २२ गते अदालतमा उपस्थित हुन आदेश दिएका थिए ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष पदमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् । त्यस्तै, जीवनराम प्यानलबाट महासचिवमा निलेन्द्रराज श्रेष्ठ छन् ।