१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

मुख्य राजमार्ग जोखिममा

मुख्य राजमार्ग जोखिममा
अ अ+ अ-

डडेल्धुरा । धनगढी–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा–डोटी जोड्ने केआई सिंह राजमार्ग जोखिममा रहेका छन् । स्थानीय तहले सार्वजनिक सडक ऐन २०३१ विपरित जथाभावी रुपमा राष्ट्रिय राजमार्गसंग जोड्ने गरी शाखा सडक निर्माण गर्दा राजमार्ग क्षतिग्रस्त भएका हुन् ।

डडेल्धुरा जिल्लामा बुढर जोगवुढा, उग्रतारा मेलौली, पोखरा बेलापुर, बागबजार बगरकोट सडकलाई मुख्य सडकका रुपमा लिएको भए पनि हाल आउँदा ती सडकबाट पनि विभिन्न ग्रामीण क्षेत्रमा जाने शाखा सडकको निर्माणले गर्दा मुख्यसडक जोखिममा परेको प्राविधिक कार्यालय डडेल्धुराले जनाएको छ ।

मापदण्डविपरीत बनाइएका शाखा सडकका कारण राष्ट्रिय राजमार्गको नालीमा अवरोध हुने, सडक अवरोध हुने, सडक बिग्रने गरी पहिरो आउने, सडकको कालोपत्र उप्किदा खाल्टाखुल्टी पर्ने लगायतको समस्या देखिएको छ । सार्वजनिक सडक ऐन २०३१ अनुसार राष्ट्रिय राजमार्गबाट शाखा सडक निर्माण गर्दा सडक कार्यालयको अनुमति लिनुपर्ने, भत्किएको सडक निर्माणका लागि धरौटी राख्नुपर्ने, सडक अवरोध भए तत्काल हटाउनुपर्ने सडक डिभिजन कार्यालय कुलपाते डोटीका निमित्त प्रमुख वलीराज मल्लले बताए ।

प्रमुख सडकबाट शाखा सडक निर्माण गर्दा सहमति लिई मापदण्ड पुगाएर सडक निर्माण गर्नुपर्ने भए पनि स्थानीय तहले अटेर गरेर शाखा सडक निर्माण गर्ने गरिरहेको उनले बताए । शाखा सडक निर्माणले सडक क्षतिग्रस्त हुँदा यातायात सञ्चालनका लागि समस्या हुने गरेको चालकहरु बताउँछन् ।