१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

चीन-अमेरिका व्यापारिक वार्ता अक्टोबरमा

चीन-अमेरिका व्यापारिक वार्ता अक्टोबरमा
अ अ+ अ-

काठमाडौं । चीन–अमेरिका व्यापारिक संघर्ष चर्किरहेका बेला १३औं चरणको वार्ता आगामी अक्टोबरको सुरुतिर अमेरिकाको वासिंगटनमा हुने भएको छ। गत जुलाईको अन्त्यतिर चीनको संघाईमा भएको १२औं चरणको वार्ता विफल भएपछि यी दुवै मुलुकले एकअर्का विरुद्ध भन्सार थपको घोषणा गरेर व्यापारिक द्वन्दलाई चर्काउँदै लगेका छन्।

वार्ताको टुंगो लगाउनेबारे चिनियाँ वार्ताकार लिउ ह र अमेरिकी व्यापार प्रतिनिधिबीच बिहीबार बिहान टेलिफोन वार्ता भएको छ। अक्टुबरको पहिलो सातातिर वार्ता आयोजना गर्ने सहमति भएपनि मिति भने निश्चित गरिएको छैन।

अमेरिकी पक्षको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति राजनीतिक ब्युरोका सदस्य, चीनका उपप्रधानमन्त्री लिउ हले अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर र अर्थमन्त्री स्टेभेन नुचिनबीच टेलिफोन वार्ता भएको हो।

जापानको ओसाकामा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्तापछि व्यापारिक युद्धविराम भएको थियो। तर संघाई वार्ता बिना निष्कर्ष टुंगिएसँगै अमेरिकाले चीनबाट आयात हुने सामग्रीमा भन्सार कर थपेर पुनः व्यापारिक संघर्षलाई निरन्तरता दिएको थियो। चीनले पनि सोही बमोजिम भन्सार कर थपेपछि स्थिति जटिल बन्दै गएको हो।