१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

सुदूरपश्चिममा मनसुनी वर्षा कमजोर

सुदूरपश्चिममा मनसुनी वर्षा कमजोर
अ अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशमा यो वर्ष मनसुनी वर्षा औसतमा कम मात्रामा भएको छ । मनसुनको प्रभाव प्रदेशका पहाडी जिल्लामा केही बढी देखिएको भए पनि तराईका कैलाली, र कञ्चनपुरमा विगतका वर्षमा जस्तो अहिलेसम्म सक्रिय हुन सकेको छैन । प्रदेशमा यस वर्ष जुन २० को आसपासमा मनसुन प्रवेश भएको अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गएको जुन महीनभर मुश्किलले ५१ दशमलव ८ मिमी वर्षा भएको थियो । जबकि अघिल्लो वर्षको जुनमा १०७ दशमलब ८ मिमी वर्षा मापन भएको थियो । गएको जुलाईमा ४६० दशमलव ८ मिमी वर्षा भएकामा अघिल्लो वर्षको जुलाईमा ४४० दशमलव ८ मिमी वर्षा भएको थियो ।

यस्तै अगस्त महिनामा २३३ दशमलव ७ मिमी वर्षा भएकामा गत वर्षको अगस्तमा ४१७ दशमलव २ मिमी वर्षा मापन भएको थियो । ‘यस वर्ष गएको असार २६ गते सबैभन्दा बढी ८१ दशमलव नौ मिलिमिटर वर्षाको मापन गरिएको थियो, कार्यालयका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले भने, ‘त्यसयता योभन्दा ठूलो वर्षा हुन सकिरहेको छैन ।’

नेपालमा मनसुन जुन १० को आसपासमा भित्रिएर अगस्त महीनासम्म रहने गरेको बताइन्छ । आकाशको पानीको भरमा हुने वर्षे धानखेती पर्याप्त पानीको अभावका कारण प्रभावित हुन थालेको किसानले बताएका छन् ।


‘भदौ तेस्रो हप्ता आउन लाग्दासम्म पनि राम्रोसँग वर्षा हुन सकिरहेको छैन’, धनगढी उपमहानगरपालिका–१३ का किसान महेश रानाले भने, ‘धान खेतमा पर्याप्त पानी नहुँदा झारपात उम्रिने र रोग किराको समस्या देखिन थालेको छ ।’

वर्षा कम हुँदा वर्षायामा गरिने तोरैयाँ, लौका, फर्सी, काँक्रा र तानेबोडीको उत्पादन भने तराईका जिल्लामा यसअघिका वर्षको तुलनामा वृद्धि भएको छ । ‘वर्षा बढी हुँदा तरकारीको उत्पादन विगतको वर्षायाममा कम हुने गरेको थियो’, किसान रानाले भने, ‘यसपाली भने कम वर्षा हुँदा तरकारी बाली भने सप्रेको छ ।’

वर्षेनी मौसममा (जलवायु) भइरहेको परिवर्तनका कारण चाहिएको समयमा वर्षा नहुने, वर्षा भइहालेमा बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने, बेमौसमा चक्रवात र आँधीबेहरीको समस्या देखिने, बालीमा विभिन्न रोगको सङ्क्रमणको समस्याका साथै मित्र जीवभन्दा शत्रु जीवको समस्या बढी हुने जस्ता समस्या देखिन थालेको बताइन्छ ।

प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले आकासको पानीको भरमा गरिएको धानबालीमा पर्याप्त पानीको अभाव देखिएको बताए ।

यस वर्ष धान बालीमा पर्याप्त पानीको अभावका कारण प्रदेशमा १५ देखि २० प्रतिशत धान उत्पादन घट्ने अनुमान गरिएको छ’, उनले भने । वर्षायाममा पर्याप्त वर्षा हुन नसकेमा त्यसको असर हिउँदे बालीमा समेत पर्ने कृषि प्राविधिकको भनाइ छ । वर्षायाममा पर्याप्त वर्षा नहुँदा जग्गामा रिचार्ज (पानी सञ्चित) को अवस्था पनि कमजोर भई यसको असर हिउँदे बालीलाई पनि पर्ने बताइन्छ ।

देशको पूर्वी भेकमा ठूलो मनसुनी वर्षा भए पनि कैलाली कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म विगतका वर्षमा जस्तो ठूलो वर्षा हुन सकेको छैन ।