२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोकियो शेयर बजारमा सुधार



अ+ अ-

टोकियो । संयुक्तराज्य अमेरिका र चीनबीच व्यापार वार्ता पुनः शुरु हुने खबर आएसँगै टोकियोको शेयर बजारमा सुधार भएको छ । साथै, युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) मामिलामा बेलायती संसदले गरेका निर्णयहरुले पनि शेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।

जापानको निक्की २२५ को परिसूचक २.१२ प्रतिशतले वृद्धि भई २१,०८५.९४ विन्दुमा पुगेको छ । टोपिक्स परिसूचकमा समेत १.८४ प्रतिशत वृद्धि भई १,५३४.४६ पुगेको छ । चीनले अमेरिकासँगको व्यापार वार्ता वासिङ्टनमा अक्टोबरको शुरुमै गर्ने जानकारी दिएसँगै टोकियो शेयर बजारमा सुधार आएको हो ।

चीन र अमेरिकाले व्यापार वार्ताकै बीचमा एकअर्का मुलुकका सामानमा करवृद्धि गरेपछि विश्व बजारमा नकारात्मक असर परेको थियो । दुबै मुलुकबीच एक वर्षभन्दा बढी समयदेखि जारी व्यापार युद्धले विश्व आर्थिक परिदृश्यमै प्रभाव पारेको छ । टोकियो शेयर बजारले बेलायतको ब्रेक्जिटसम्बन्धी पछिल्ला कदमहरुलाई पनि स्वागत गरेको छ ।

ब्रेक्जिटको सेरोफेरोमा बेलायती संसदमा भएका तीन वटा मतदानमा प्रधानमन्त्री बोरिस जोन्सनका प्रस्तावहरु अस्वीकृत भएका थिए । लगानीकर्ताहरु हङकङ सरकारले चीनसँगको सुपुर्दगीसम्बन्धी विधेयकलाई आधिकारिक रुपमा फिर्ता लिने निर्णय गरिएको घटनालाई पनि सकारात्मक रुपमा लिएका छन् ।