६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल अब पुनः हिन्दु राष्ट्र हुन सक्दैन: उपसभापति निधि



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल अब पुनः हिन्दु राष्ट्र हुन नसक्ने बताएका छन्।

राष्ट्रिय जागरण अभियान घोषणा कार्यक्रममा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति निधिले कांग्रेस हिन्दु राष्ट्रको पक्षमा नभएको प्रष्ट पारे।

‘संविधानले धर्म निरपेक्षता भनेको छ। संविधान बनाउने नेतृत्व नेपाली कांग्रेसले गरेको हो,’ उनले भने, ‘राज्य धर्म निरपेक्ष छ। कांग्रेसलाई धर्म निरपेक्षता स्वीकार्य छ। हाम्रो चारतारे झण्डामा धार्मिक स्वतन्त्रता छ त्यो भनेको धर्मनिरपेक्षता हो।’

उपसभापति निधिले हिन्दु राज्य बनाउने कुरा कांग्रेसलाई स्वीकार्य नहुने पनि बताए। उनले थपे, ‘जहाँसम्म हिन्दु राज्यको कुरा छ, राज्यलाई हिन्दु राज्य नामाकरण गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छैन फाइनल कुरा यही हो।’