४ पुष २०८२, शुक्रबार
,
Latest
जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची पीडितमाथि रबरको गोली प्रहार, दुई मजदुर घाइते



अ+ अ-

सिन्धुपाल्चोक । भुक्तानी माग गर्दै मेलम्ची खानेपानी आयोजनाविरुद्ध मुहान क्षेत्र हेलम्बूको अम्बाथानमा आन्दोलनरत कामदार र आपूर्तिकर्तामाथि सुरक्षाकर्मीले रबरको गोली र अश्रुगयास प्रहार गरेको छ।

बिहिबार दिउँसो करिब ३ बजे उक्त घटनामा परी दुई मजदुर घाइते भएका छन्। उनीहरुको हातमा रबरको गोली लागेको छ।

मुहानस्थलमा रहेको अम्बाथानको सुरक्षापोष्ट पार गर्दै करिब ३ सयको संख्यामा सहभागी आन्दोलनकारी मुहान क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो।

आन्दोलनकारीले संघर्ष चर्काउन थालेपछि मुहानस्थल सुरक्षाको लागि बुधबारबाट १५ जना थप सशस्त्र प्रहरीको टोली खटाइएको इलाका प्रहरी कार्यालय हेलम्बूका इन्पेक्टर मणिराम लामिछानेले बताए ।

सिएमसीले आपूर्तीकर्ता, मजदुर र स्थानीय व्यापारीलाई एक अर्ब ६५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ।