१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

थामियो नेप्से परिसूचक

थामियो नेप्से परिसूचक
अ अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा कारोवारमापक नेप्से परिसूचक आज पुनः थामिएको छ । मङ्गलबार र बुधबार बढेको नेप्से आज भने थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से ३.७ विन्दुले घटेर एक हजार १९१.०७ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९६ विन्दुले घटेर २५९.९० विन्दुमा पुगेको छ ।

नेप्से घटेसँगै कारोवार रकमसमेत औसतमा सीमित भएको छ । कूल १६७ कम्पनीको नौ लाख ५७ हजार ८८१ कित्ता शेयर रु २९ करोड एक लाख ७७ हजार ३५७ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएको कूल ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर बढेको छ भने नौ उपसमूहको शेयर घटेको छ । निर्जीवन बीमा ०.१३ र सामूहिक लगानी कोष ०.०३ विन्दुले बढेको छ ।

यस्तै बैंकिङ ३.०३, होटल ३६.११, विकास बैंक ३.३५, जलविद्युत् ९.४६, वित्त १.९२, उत्पादन ७.३६, अन्य ०.३५, लघुवित्त ३.३७ र जीवन बीमा १८.०७ विन्दुले घटेको छ । कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक करोड ५१ लाख ९३ हजार ७४५ बराबरको कारोवार भयो ।

सिटिजन बैंक रु एक करोड ४४ लाख १५ लाख ८३७, एनआइसी एशिया रु एक करोड ३० लाख ३७ हजार, नागरिक लगानी कोष रु एक करोड दुई लाख ७३ हजार, प्रभु बैंक रु ८६ लाख ८२ हजार ५८७ र शिखर इन्स्योरेन्स कम्पनीको रु ८३ लाख ४० हजार ८८८ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेको छ ।

स्टकका अनुसार आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८७ प्रतिशतले कमाउँदा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ५.९७, एनआइसी एशिया ग्रोथ फण्ड ३.७९, दिव्येश्वरी हाइड्रोपावर ३.३९, छ्याङदी हाइड्रोपावर २.६० र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले २.४८ प्रतिशतले कमाए ।

यस्तै अरुण काबेली पावर ६.९१, कर्णाली डेभलपमेन्ट बैंक ४.५४, लक्ष्मी लघुवित्त वित्तीय संस्था ३.८०, ङादी पावर ३.७० र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ३.६ प्रतिशतले गुमाए ।