४ पुष २०८२, शुक्रबार
,
Latest
जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

४० करोड भन्दा बढी फेसबुक प्रयोगकर्ताका फोन नम्बरसहितको जानकारी सार्वजनिक



अ+ अ-

काठमाडौं । फेसबुकको सुरक्षा संकटको रुपमा लिइएको पछिल्लो ह्याकमा ४० करोड भन्दा बढी फेसबुक प्रयोगकर्ताका फोन नम्बरसहितको जानकारी अनलाइनमा सार्वजनिक भएका छन्।

जानकारी सार्वजनिक गरिएको सर्भरमा सबैभन्दा बढी अमेरिकाका १३ करोड ३० लाख, भियतनामका ५ करोड र यूकेका १ करोड ८० लाख फेसबुक प्रयोगकर्ताको गोपनीयता सार्वजनिक भएको हो ।

ती जानकारी संकलन गरिएको फेसबुकको डाटाबेसमा ह्याकरहरुले प्रवेश पाएपछि फेसबुक प्रयोगकर्ताका फोन नम्बर सार्वजनिक भएका हुन्।सो डाटाबेस भएको सर्भरमा पासवर्ड नराखिएकाले जो कसैले पनि उक्त ‍जानकारी हेर्न सक्छन्। कतिपय प्रयोगकर्ताका भौगोलिक स्थान (देश) पनि सार्वजनिक भएको छ ।

फेसबुकका प्रवक्ताले भनेका छन्, त्यो डाटाबेस हामीले हटाइसकेका छौँ, फेसबुकका प्रयोगकर्ताको अकाउन्ट ह्याक भएको हामीले पाएनौँ।

प्रयोगकर्ताका फोन नम्बर सार्वजनिक हुँदा ती नम्बरमा अनावश्यक फोन आउने, फेसबुकको पासवर्ड परिवर्तन हुन सक्ने जस्ता खतराहरु देखिन्छ ।