२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाई हत्याबारे छानबिन टोली घटनास्थलमा



अ+ अ-

दैलेख । सुर्खेतको कटुकामा भएको गाईहत्याबारे छानबिन गर्न गृह मन्त्रालयबाट खटिएको छानबिन टोलीले आफ्नो काम थालेको छ । उक्त टोलीले घटनास्थल शिरिस्थान पुगेर सोधपुछ गर्नाका साथै जिल्ला समन्वय समितिबाट त्यस घटनासँग सम्बन्धित कागजात पनि लिएको छ ।

भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर थापा र दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीसँग फोनमार्फत कुराकानी पनि गरिएको टोलीका संयोजक सागरमणि पाठकले जानकारी दिए । बुधबार साँझ दैलेख आएको टोलीले बिहीबार बिहान जिल्ला समन्वय समितिका संयोजक प्रेम थापालगायतसँग छलफल गरेको थियो ।

यसअघि नेपालगञ्जबाट पनि सात जनाको छानबिन टोली दैलेख आई विभिन्न निकायसँग सोधपुछ गरिसकेको थियो । जिल्ला समन्वय समितिले उन्नत गाई पठाइदिन पठाएको आधिकारिक पत्रबारे पनि अहिले भिन्न–भिन्न बहस हुन थालेको छ । उक्त समितिले किसानलाई निःशुल्क उन्नत गाई उपलब्ध गराउने निर्णयसहित भदौ ८ गते पत्र पठाएको थियो ।