२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी यू–१९ एसिया कप: अफगानिस्तानको विजयी सुरुवात, श्रीलंकामा पराजित



अ+ अ-

काठमाडौं । अफगानिस्तानले एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

श्रीलंकामा बिहीबार सुरु भएको भएको यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई ७५ रनले पराजित गरेको हो । १६४ रनको चुनौती पछ्याएको पाकिस्तान खराब प्रदर्शन गर्दै १९.४ ओभरमा ७८ रन मै समेटियो ।

पाकिस्तानका लागि इर्फान खानले १९ र कप्तान रोहइल नाजिरले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

यसअघि खेल सुरु हुनु भन्दा अघि मैदान चिसो भएका कारण खेल ४६ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४६ ओभरमा ९ विकेटको क्षतिमा १६३ रन बनाएको थियो ।

अफगानिस्तानका लागि सेदिक उल्लाह एटलले २९ र रहमानउल्लाहले २७ रन बनाएका थिए ।