७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग

कारबाहीबाट बच्न प्रधानमन्त्रीको सचिवालयबाट दबाब

कारबाहीबाट बच्न प्रधानमन्त्रीको सचिवालयबाट दबाब
अ+ अ-

काठमाडौं । मन्दिरको जमिन बिक्री गरेको आरोपमा निलम्बनमा परेका महोत्तरीको लक्ष्मीनारायण मठ मटिहानीका महन्त जगन्नाथ दास वैष्णवको नाममा रहेको सम्पूर्ण जग्गाजमिन बिक्री गर्न गुठी संस्थानले रोक लगाएको छ। गुठीमातहतको सरकारी जग्गा दुरुपयोग गरेको आरोप लागेपछि महन्तलाई निलम्बन गरेको संस्थानले थप जग्गा बिक्री गर्न नदिन १० जिल्लाका मालपोत तथा भूमि सुधार कार्यालयलाई पत्राचार गरेको छ। संस्थानका अध्यक्ष मीनराज चौधरीले भने, ‘महन्तका नाममा भएका मठमन्दिरका जमिन बिक्री गर्न रोक लगाएका छौं। सम्बन्धित मालपोत कार्यालयमा पत्राचार गरिसकेका छौं।’

सरकारी सम्पत्तिको थप दुरुपयोग नहोस् भनेर जमिन बिक्रीमा रोक लगाउनुपरेको चौधरीले बताए। ‘सरकारी सम्पत्तिको संरक्षण गर्नु हाम्रो दायित्व हो,’ चौधरीले भने, ‘गुठीको जमिन कहाँकहाँ बिक्री भएको छ भनेर अध्ययन गरिरहेका छौं।’ लक्ष्मीनारायण मठ मटिहानीअन्तर्गत महोत्तरी, धनुषा, रुपन्देही, सिरहा, बारा, पर्सा, रौतहट, सर्लाही र नवलपरासीमा जग्गा रहेकाले ती सबै जिल्लाका मालपोत कार्यालयलाई संस्थानले पत्राचार गरेको हो।

गुठी संस्थानका प्रशासक नारायण चौधरीले मालपोत कार्यालयमा पठाएको पत्रमा जगन्नाथले गुठीको जग्गा आफ्नो नाममा रैकरतर्फ दर्ता गरी व्यक्तिलाई बिक्री गरी गुठी सम्पत्ति लोप गरेको तथा पदअनुकूल अचारण नगरेको पाइएकाले जग्गा रोक्का गर्नुपर्ने बेहोराको पत्र पठाएको जानकारी दिए। जगन्नाथले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ६ स्थित गुठी जग्गा आफ्नो नाममा रैकरतर्फ दर्ता गरी व्यक्तिलाई बिक्री गरेका थिए।

‘गुठी जग्गा निजी रैकरमा दर्ता गरेर बिक्री गर्न लागेको भन्ने जानकारी प्राप्त भएकाले रामदास वैष्णवको नाति चेला, कौशलकिशोर दास वैष्णवको छोरा चेला जगन्नाथको नाममा रहेको जग्गा–सम्पत्ति अर्को पत्र प्राप्त नभएसम्मका लागि रोक्का गरी जानकारी पठाउनू’ संस्थानले मालपोतलाई पठाएको पत्रमा उल्लेख छ।

जथन्नाथले रुपन्देही र धनुषा जिल्लामा लक्ष्मीनारायण, रामजानकीलगायत मन्दिरको सबा तीन अर्ब रुपैयाँ पर्ने करिब सात बिघा जमिन विभिन्न समयमा बिक्री गरेर हिनामिना गरेको सार्वजनिक भएपछि गुठी संस्थानले उनीमाथि कारबाही अघि बढाएको हो।

निलम्बनमा परेपछि कारबाहीबाट जोगिन जगन्नाथ राजनीतिक शक्ति केन्द्र धाइरहेका छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालको शरणमा पुगेका जगन्नाथ पछिल्लो पटक प्रधानमन्त्री कार्यालय पुगेका छन्। गुठी संस्थानका उच्च अधिकारीका अनुसार महन्तले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमार्फत गुठी संस्थानका अधिकारीलाई निलम्बन फुकुवा गर्न दबाब दिएका छन्।

‘महन्तलाई कारबाही नगर्न प्रधानमन्त्री कार्यालयबाट दबाब आएको छ,’ संस्थानका एक उच्च अधिकारीले भने, ‘कारबाहीबाट बच्न शक्तिकेन्द्र धाइरहेका छन्।’ संस्थानले निलम्बन गरेपछि आफू अन्यायमा परेको भन्दै जगन्नाथ अदालत गएका छन्।

प्रारम्भिक अध्ययनमा जगन्नाथको नाममा जनकपुरमा करिब १५ बिघा, महोत्तरीमा दुई बिघा र रुपन्देहीमा आठ बिघा जमिन रहेको भेटिएको छ। पर्सामा महन्तको नाममा रहेको चार बिघा आठ कट्ठा जमिन बिक्री गर्न लागेको सूचना प्राप्त भएपछि यसअघि नै मन्दिरको नाममा ल्याइसकिएको छ।

जगन्नाथले मठमन्दिरको जमिन आफ्नो नाममा बनाउन गुरु कौशलकिशोर दास वैष्णवलाई बाबु बनाएर नागरिकता लिएका थिए। बाबुको मृत्युपछि जग्गाजमिन स्वतः छोराका नाममा जाने भएकाले जगन्नाथले कौशलकिशोरलाई बाबु बनाएर नागरिकता लिएका हुन्।

नागरिकताअनुसार जगन्नाथको जन्मस्थान गोनपुरा गाविस वडा नं। २ र स्थानीय वासस्थान मटिहानी गाविस वडा नं। ६ उल्लेख छ। उनको खास बाबुको नाम देवनारायण झा हो। मटिहानीको परम्पराअनुसार गुरुको मृत्युपछि उसको सम्पत्ति स्वतः उत्तराधिकारी (चेला) मा जान्छ। रामानु सम्प्रदायमा गृहस्थी त्यागेपछि जन्मस्थलसँगको नाता तोड्ने परम्परा भए पनि जगन्नाथले आफ्ना बाबु देवनारायण, दाजु, भाइ र भतिजहरुलाई पनि गुठीको जमिन दिएको स्रोतको दाबी छ।

मालपोत, नापीका कर्मचारी र गुठी संस्थानका उच्च नेतृत्वसँगको मिलेमतोमा उनले जग्गा बिक्री गरेका हुन्। २०५४ सालमा गुठी संस्थानबाट महन्त नियुक्त भएपछि जगन्नाथले विभिन्न मितिमा जग्गा बिक्री गरेको स्रोतले बतायो। उनलाई रुपन्देही, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, पर्साका मठमन्दिरको रेखदेख र व्यवस्थापन गर्ने जिम्मेवारी भए पनि जग्गा दुरुपयोग गर्दै आएका छन्।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।