१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

सुदूरपश्चिममा १२ जना डेंगुका बिरामी, एकको मृत्यु

सुदूरपश्चिममा १२ जना डेंगुका बिरामी, एकको मृत्यु
अ अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका चार जिल्लामा १२ जनामा डेंगु रोगको संक्रमण देखिएको छ । सबैभन्दा बढी दार्चुलामा पाँच जना बिरामी भेटिएका छन् भने कैलालीमा चार, अछाममा एक, कञ्चनपुरमा एक र डोटीमा एक जनामा यो रोगको संक्रमण देखिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

डेंगु रोगबाट डोटीमा एकजनाको मृत्यु भइसकेको छ । जिल्लामै पहिलोपटक उक्त रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’ कोे मृत्यु भएको थियो । लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि उनलाई कैलालीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा उनको भदौ ५ गते मृत्यु भएको थियो ।

डोटीमा डेंगु रोग देखापरेका बिरामीलाई उपचारका लागि काठमाडौँ लगिएको जिल्ला अस्पताल डोटीका डा। गिरिष अवस्थीले बताए। उनले भने ‘हामीले जिल्लामा जाँच गर्दा रोग पत्ता लाग्न नसकेर कैलाली पठायौँ, त्यहाँ जाँच गर्दा डेंगु रोग भेटिएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।’

डोटीलगायत अन्य जिल्लामा डेंगु रोगका बिरामी फेला पर्न थालेपछि अहिले यहाँका स्थानीयवासीमा त्रास फैलिएको छ । डेंगु रोग नियन्त्रणका लागि जिल्लाको दिपायल सिलगढी नगरपालिकाले नगरस्तरीय अभियान नै सञ्चालन गरेको छ । बिहान र साँझको अस्ताउँदो घामको समयमा डेंगु रोग फैलाउने लामखुट्टेले टोक्ने भएकाले त्यतिबेला सावधानी अपनाउन स्वास्थ्यकर्मीले सल्लाह दिएका छन् । पहिलोपटक नेपालको चितवन जिल्लामा भेटिएको उक्त डेंगु रोग अहिले सुदूरपश्चिमका चार जिल्लामा देखापरेकाले सबैले सावधानी अपनाउनुपर्ने सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

डेंगु रोग फैलाउने लामखुट्टेले सफा पानी अर्थात् अक्सिजन भएको पानीमा फूल पार्ने र उक्त फूल करीब छ महिनासम्म जीवित रहने भएकाले घरमा राखिएका खानेपानीका भाँडाकुँडा सधैँ सफा गर्नुपर्ने जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेण्ड डा। भुषण मिश्रले बताए। उनले भने, ‘डेंगु रोग फैलाउने लामखुट्टेले १०० एमएल पानीमा फूल पार्ने र फूल जीवित हुने भएकाले घरमा भएका बोतल, बिर्कोलगायतका सर–सामान सधैँ सफा गर्नु जरुरी छ ।’

डोटीको दिपायल सिलगढी नगरपालिका–६ थाप्लामा पहिलोपटक उक्त डेंगु रोगले एक जनाको मृत्यु भएको छ भने सोही ठाउँका अर्का एक बिरामी परेका थिए । उक्त डेंगु रोग नियनत्रणका लागि जिल्लामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत परिचालन गरिएको छ ।

रोग नियत्रणका लागि खटिएको टोलीले नगरपालिकाका विभिन्न वडामा गएर जनचेतनामूलक कार्यक्रम गर्ने तथा डेंगु रोग फैलाउने लामखुट्टे पारेका फूलको पहिचान गरी नष्ट गर्ने कार्य गरिरहेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने, ‘जिल्लामा डेंगु रोगबाट एक जनाको मृत्यु भएपछि हामीले नियन्त्रणका लागि सरकारी टोली नै गठन गरेका छौँ, टोलीले रोगका बारेमा जनचेतना फैलाउनेदेखि लामखुट्टेले पारेका फूलको पहिचान गरी नष्ट गर्दै छ, आम नागरिकले पनि यो विषयमा जानकारी लिएर सचेत हुन जरुरी छ ।’